Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

भारतीय भन्सार एजेन्टको ‘पेनडाउन’ले विराटनगर भन्सारको राजस्व प्रभावित

भारतीय भन्सार एजेन्टको ‘पेनडाउन’ले विराटनगर भन्सारको राजस्व प्रभावित
A A+ A-

विराटनगर। भारतको ल्यान्ड पोर्टमा कार्यरत भन्सार एजेन्टहरूले दुई दिनदेखि काम रोकेपछि विराटनगर भन्सार कार्यालयको राजस्व संकलन प्रभावित भएको छ। भारतीय भन्सारतर्फबाट मालवाहक सवारीसाधनको जाँचपास रोकिँदा सोमबार र मंगलबार मात्रै विराटनगर भन्सारले करिब २२ करोड रुपैयाँ राजस्व संकलन गर्न सकेन।

विराटनगर भन्सार कार्यालयका अनुसार सामान्य अवस्थामा दैनिक औसत ११ करोड रुपैयाँ राजस्व संकलन हुन्छ। भारतीय भन्सार एजेन्टहरूले भारतीय भन्सार कर्मचारी र सीमा सुरक्षा बलबाट अनावश्यक जाँच तथा ढिलाइ भएको भन्दै सोमबार बिहानदेखि काम रोकेका हुन्।

काम रोकिएपछि भारतबाट जाँचपास भएर नेपाल प्रवेश गर्ने मालवाहक सवारीसाधन विराटनगर एकीकृत जाँच चौकीतर्फ आउन सकेका छैनन्। विराटनगर भन्सार एजेन्ट संघका अनुसार भारतीय ल्यान्ड पोर्टमा अहिले एक हजारभन्दा बढी मालवाहक सवारीसाधन रोकिएका छन्।

विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकीनन्दन शर्माका अनुसार भारतीय भन्सार एजेन्टहरूले भन्सारको कम्प्युटर प्रणालीलाई छिटो, सहज र प्रभावकारी बनाउन माग गरेका छन्। जाँचपास प्रक्रिया पूरा भइसकेका सवारीसाधनलाई समेत भारतीय सीमा सुरक्षा बलले पुनः जाँचका नाममा रोक्दा आयात–निर्यातको आवागमन प्रभावित भएको उनले बताए।

जाँचपासमा ढिलाइ हुँदा व्यवसायीले भारतीय ल्यान्ड पोर्टमा अनावश्यक पार्किङ शुल्कसमेत तिर्नुपरेको एजेन्टहरूको भनाइ छ। सोमबार र मंगलबार भारत तथा तेस्रो मुलुकबाट सामान बोकेर आएका ट्रक तथा लरी नेपाली भन्सार क्षेत्रमा प्रवेश गर्न नसकेको शर्माले बताए।

विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले पनि दुई दिनदेखि भारतीय भन्सारबाट जाँचपास भएर मालवाहक सवारीसाधन विराटनगरतर्फ नआएको पुष्टि गरे। भारतीय भन्सार र सीमा सुरक्षा बलबाट हुने ढिलाइ तथा अनावश्यक जाँचको विरोधमा त्यहाँका भन्सार एजेन्टले काम रोकेको जानकारी आएको उनले बताए।

भारतीय भन्सार एजेन्टहरूले आफ्ना माग औपचारिक रूपमा सम्बन्धित भन्सार कार्यालयमा नपेस गरेकाले प्रत्यक्ष वार्ता हुन नसकेको श्रेष्ठले बताए। यद्यपि, बुधबारदेखि भन्सार जाँचपास सेवा पुनः सञ्चालन हुने जानकारी प्राप्त भएको उनको भनाइ छ।

दुई दिनको अवरोधले तत्काल राजस्व संकलनमा असर पारेसँगै सीमा नाकाबाट हुने आयातको आपूर्ति शृंखलासमेत प्रभावित भएको छ। लामो समयसम्म अवरोध कायम रहेमा मालवाहक सवारीसाधनको थुप्रो, अतिरिक्त ढुवानी तथा पार्किङ लागत र व्यापारिक कारोबारमा थप दबाब पर्न सक्ने व्यवसायीहरूको भनाइ छ।

2