Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

गाउँ फर्किएर दाजुभाइले सुरु गरेको कुखुरापालन

गाउँ फर्किएर दाजुभाइले सुरु गरेको कुखुरापालन
अ+ अ-

म्याग्दी। काठमाडौँमा होस्टेल (छात्रावास) र रेष्टुरेन्ट सञ्चालन गरेर उच्च शिक्षा हासिल गरिरहेका बेनी नगरपालिका–२ गौस्वाराका दीर्घ रिजालले विस २०७७ मा विश्वव्यापी फैलिएको कोरोना महामारीका कारण व्यवसाय बन्द गरेर गाउँ फर्कनुपर्ने बाध्यता आयो ।

बाध्यताले गाउँ फर्किएका दीर्घ र न्युजिल्यान्डमा स्नाकोत्तर उत्तीर्ण गरेर आएका भाइ मुकुन्द रिजालले कोरोना महामारी साम्य भएपछि सुरु गरेको कुखुरापालन व्यवसायले आत्मनिर्भर, स्वरोजगार र सफल उद्यमीको पहिचान बनाएका छन् ।

“विदेशबाट पढेर आएका भाइले बनाएको कुखुरापालनको योजनालाई साथ दिएर बेनी बजार नजिकैको खबरा लभ्लीहिलमा १४ रोपनी जग्गा भाडामा लिएर सुरु गरेको रिजाल एग्रो फार्म हाल रत्नेचौर, कुरिलाखर्क, बरबुटा र चुत्रेनीमा विस्तार भएको छ ।

व्यवसायी दीर्घले भने, “हाल सात हजार लेयर्स र पाँच हजार ब्रोइलर कुखुरा छन् । परिवारका चार जना सदस्यसहित २० जनाले रोजगारी पाएका छौ ।”

रु दुई करोड लगानी रहेको फार्मले गत वर्ष रु १६ करोडभन्दा बढीको कारोबार गरेको उनले बताएका छन् । “सुरुआती दिनमा बैङ्कले ऋण नपत्याएको र ग्राहकलाई पनि उत्पादनको बारेमा बुझाउनुपर्ने अवस्था थियो,” उनले भने “निरन्तरता र गुणस्तरमा जोड दिएका कारण रिजाल एग्रोको आप्mनै ब्रान्ड बनेको छ । बजारमा मासु, अण्डा र कुखुराको बिक्रीमा समस्या छैन ।”

जिल्ला सदरमुकाम बेनी र आसपासका स्थानीय बजारमै अण्डा खपत हुने गरेको छ । फार्ममा उत्पादन भएका अण्डाका साथै उद्योगबाट दाना ल्याएर बिक्री गर्न बेनी बजारमा पसल पनि सञ्चालन गरिएको छ । कुखुराको मासुको माग उच्च रहेकाले बेनी बजार वरपरका क्षेत्रमा खाली रहेका खोरहरु भाडामा लिएर ब्रोइलर जातको कुखुरापालन विस्तार गरेको सञ्चालक रिजालले बताएका छन् ।

म्याग्दीमा प्रोल्टी« व्यवसायको भविष्य देखेर नै विदेशमा अध्ययन गरेर त्यहाँका अवसर त्यागेर व्यवसायमा लागेको फार्मका अर्का सञ्चालक मुकुन्द रिजालले बताएका छन् । “आफ्नै देशका केही गरौँ भन्ने सोचले न्युजिल्यान्डको अवसर छाडेर व्यवसायमा लागेको हो,” उनले भने, “पोल्ट्री व्यवसायलाई नै थप व्यवस्थित र विस्तार गर्ने योजनामा छौँ ।”

स्थानीय स्तरमा प्राविधिक जनशक्ति र कामदारको अभाव तथा फार्मसम्म पुग्ने पहुँच मार्ग कच्ची भएकाले ढुवानीको चुनौती रहेको सञ्चालक रिजाल दाजुभाइको भनाइ छ ।

2