Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

स्याङ्जाका चार स्थानीय तहमा सार्वजनिक बिदा

स्याङ्जाका चार स्थानीय तहमा सार्वजनिक बिदा
अ+ अ-

स्याङ्जा। स्याङ्जाका चार वटा स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्।

इस्लाम धर्मका संस्थापक तथा प्रवर्तक हजरत मोहम्मदको १५०१औँ जन्मदिनका अवसरमा ती स्थानीय तहले सार्वजनिक बिदा दिएका हुन्।

एघार वटा स्थानीय तह रहेको स्याङ्जामा वालिङ, पुतलीबजार, गल्याङ र भीरकोट नगरपालिकाले सार्वजनिक बिदा दिएका छन्।

‘मोहम्मद डे’ पनि भनिने यस दिनमा विशेषगरी मुस्लिम समुदायका मानिसले र्‍याली निकाल्ने, मस्जिदमा कुरान पाठ गर्ने, हजरत मोहम्मदका उपदेश स्मरण गरिन्छ।

यस्तै, सामूहिकरुपमा भेला भएर भोज खाने र एकापसमा शुभकामना साटासाट गर्ने महत्वपूर्ण दिन भएकाले बिदा दिने निर्णय गरिएको वालिङ नगर प्रमुख कृष्ण खाँणले बताए।

स्थानीय तहहरूले सार्वजनिक बिदा दिएपछि वालिङ, पुतलीबजार, भीरकोट र गल्याङ नगरपालिकामा रहेका मुस्लिम समुदाय तथा सङ्घसंस्थाले खुसी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका छन्।

2