Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सामसुङ: असफलताबाट विश्वविजेतासम्मको व्यवसायिक यात्रा

सन् १९३८ मा ४० जना कर्मचारीसहित दक्षिण कोरियाबाट सुरु भएको सामसुङले आफ्नो व्यबसायीक यात्रामा युद्ध, व्यवसायिक असफलता, रणनीतिक मोड र ठूलो उत्पादन संकट पार गर्दै जोखिमलाई अवसरमा बदलेर विश्वकै शक्तिशाली प्रविधि साम्राज्य निर्माण गर्न सफल भयो।

सामसुङ: असफलताबाट विश्वविजेतासम्मको व्यवसायिक यात्रा
अ+ अ-

आज सामसुङ भन्नेबित्तिकै सबैलाई मोबाइल फोन, टेलिभिजन, चिप, डिस्प्ले र अत्याधुनिक विद्युतीय उपकरणको सम्झना आउँछ। तर सामसुङको कथा यीमध्ये कुनैपनि बस्तुको उत्पादनबाट सुरु भएको होइन।

सामसुङको सफलताको कथा त एउटा सानो व्यापारिक प्रतिष्ठानबाट सुरु भएको हो। त्यो बेला सामसुङसँग विश्व बजार जित्ने प्रविधि थिएन।

विशाल कारखाना थिएन। विश्वभर फैलिएको वितरण सञ्जाल थिएन। अत्याधुनिक अनुसन्धान केन्द्र थिएन। नत सामसुङ शुरुवातमा प्रविधि कम्पनीका रूपमानै सुरु गरिएको थियो।

यो कम्पनीको स्थापना गर्दा उद्देश्य थियो किराना तथा दैनिक उपभोग्य वस्तुको व्यापार गर्ने। थियो त एउटा महत्वाकांक्षा- ठूलो बन्ने, बलियो बन्ने र लामो समय टिकिरहने।

आज सामसुङको नाम प्रविधिको पर्याय जस्तै बन्न पुगेको छ। स्मार्टफोन, टेलिभिजन, चिप र डिस्प्लेदेखि एआईसम्म-उसको उपस्थितिले विश्व अर्थतन्त्रका महत्वपूर्ण प्रविधि बजार छोएको छ। तर सामसुङको सुरुवात प्रविधिबाट भएको थिएन।

सन् १९३८ मा दक्षिण कोरियाको डेगुमा सुरु हुँदा यो एउटा सानो व्यापारिक प्रतिष्ठान थियो-दैनिक उपभोग्य वस्तु बेच्ने, स्थानीय बजारमा सीमित र प्रविधिको विश्वसँग लगभग अपरिचित।

विश्व बजार जित्ने प्रविधि थिएन। विशाल कारखाना थिएन। अनुसन्धान प्रयोगशाला थिएन। थियो त केवल एउटा महत्वाकांक्षा-ठूलो बन्ने, बलियो बन्ने र टिकिरहने।

सामसुङले आफ्नो सामसुङले आफ्नो सफलताको कथामा व्यवसाय मात्र विस्तार गरेन; आफ्नो पहिचान नै पटक–पटक बदलेको छ।

व्यापारबाट उत्पादनमा, उत्पादनबाट इलेक्ट्रोनिक्समा, इलेक्ट्रोनिक्सबाट चिप र मोबाइलमा, अनि अहिले एआई, रोबोटिक्स र भविष्यका उद्योगतर्फ।

सामसुङको असली कथा यही रूपान्तरण हो-सफल भएको व्यवसायलाई जोगाइराख्ने होइन, सफलता पुरानो हुनुअघि नै त्यसलाई बदल्ने।

मार्च १, सन् १९३८ मा ली ब्योङ–चुलले दक्षिण कोरियाको डेगुमा स्थापना गरेको कम्पनीले सुरुवातमा सुकुटी माछा, फलफूल, तरकारी, चाउचाउ र अन्य खाद्य वस्तुको व्यापार तथा निर्यात गर्थ्यो।

करिब ४० कर्मचारीबाट सुरु भएको त्यो व्यवसायले चीनसम्म आफ्नो व्यापारिक पहुँच विस्तार गरिरहेको थियो।

त्यतिबेला कसैले कल्पना गरेको थिएन- यो सानो व्यापारिक कम्पनी कुनै दिन स्मार्टफोन, टेलिभिजन र अर्धचालकको विश्वव्यापी शक्ति बन्नेछ। तर सामसुङको इतिहासको सबैभन्दा महत्वपूर्ण पक्ष यही हो।

उसले आफूलाई एउटै व्यवसायमा बाँधेन। व्यापारबाट उद्योगमा गयो। उद्योगबाट विद्युतीय उपकरणमा पुग्यो।

विद्युतीय उपकरणबाट अर्धचालकमा प्रवेश गर्यो। मोबाइल फोनमा विश्वव्यापी प्रतिस्पर्धा गर्यो। त्यसपछि स्वास्थ्य, रोबोटिक्स, पाँचौँ पुस्ताको सञ्चार र मोटरगाडी प्रविधिसम्म आफ्नो भविष्य खोज्न थाल्यो।

त्यसैले सामसुङको कथा केवल एउटा कम्पनी कसरी ठूलो भयो भन्ने कथा होइन। यो कम्पनीले समयअनुसार आफूलाई कसरी पुनःनिर्माण गर्छ भन्ने कथा हो।

तीन ताराको सुरुवात

‘सामसुङ’ को अर्थ कोरियाली भाषामा तीन तारा हो। नाममै ठूलो, बलियो र दीर्घकालसम्म टिक्ने संस्थाको आकांक्षा लुकेको थियो। तर कम्पनीको वास्तविक सुरुवात भने अत्यन्त सामान्य थियो।

ली ब्योङ-चुलले व्यवसाय सुरु गर्दा भविष्यमा यही कम्पनी दक्षिण कोरियाको आर्थिक विकाससँग जोडिनेछ र विश्वको प्रविधि उद्योगमा अग्रणी स्थान बनाउनेछ भन्ने कल्पना नै गरेका थिएनन। उनको पहिलो व्यवसाय पनि शुरुवातमा जस्तो सफल भएन।

प्रारम्भिक व्यापारिक प्रयासमा असफलता आएपछि उनले व्यवसाय बन्द गर्नुपर्यो। तर असफलताले उनको यात्रा रोकिएन।

उनले बजार बुझ्ने प्रयास गरे। नयाँ ठाउँमा गए। नयाँ अवसर खोजे। र सन् १९३८ मा फेरि व्यापार सुरु गरे। यसपटक उनले खाद्य वस्तु, सुकुटी माछा, चामल, चाउचाउ तथा स्थानीय उत्पादनको व्यापार र निर्यातमा ध्यान दिए। यही सानो व्यापारिक प्रतिष्ठान विस्तारै सामसुङ बन्यो।

यहाँबाट एउटा महत्वपूर्ण व्यावसायिक पाठ निस्कन्छ- ठूलो कम्पनी प्रायः ठूलो आकारबाट सुरु हुँदैन; ठूलो सोचबाट सुरु हुन्छ।

युद्धले दिएको पहिलो परीक्षा

सामसुङको सुरुवाती यात्रा कुनै स्थिर वातावरणमा भएको थिएन। दक्षिण कोरिया राजनीतिक अस्थिरता र युद्धबाट गुज्रिरहेको थियो। सामसुङको प्रारम्भिक यात्रा युद्धको छायाबाट गुज्रियो।

जुन २५, १९५० मा उत्तर कोरियाले दक्षिण कोरियामाथि ठूलोतहको सैन्य आक्रमण सुरु गर्यो। केही दिनमै सियोल उत्तरको नियन्त्रणमा पुग्यो र दक्षिण कोरियाको अर्थतन्त्र तथा सामाजिक संरचना गम्भीर संकटमा पर्यो।

३ वर्ष चलेको कोरियाली युद्धले सामसुङको व्यवसायमा ठूलो धक्का पुग्यो। सियोलमा भएको युद्धको असरले कम्पनीको सम्पत्ति र भण्डारमा क्षति पुग्यो। वर्षौँ लगाएर बनाएको व्यवसाय एकैपटक संकटमा पर्यो।

तर यही संकटमा संस्थापकले अर्को महत्वपूर्ण निर्णय गरे। बाँकी स्रोतसाधन प्रयोग गरेर कर्मचारी र उनीहरूका परिवारलाई सुरक्षित स्थानमा सार्ने प्रयास गरियो। यस घटनाले सामसुङको व्यवस्थापन दर्शनमा एउटा महत्वपूर्ण धारणा थप्यो- कम्पनीको सबैभन्दा महत्वपूर्ण सम्पत्ति भवन वा मेसिन मात्र होइन, मानिस पनि हुन्।

व्यापारबाट उद्योगतर्फ

सामसुङले विस्तारै बुझ्यो- दीर्घकालीन शक्ति केवल व्यापारमा हुँदैन। उत्पादन क्षमता, प्रविधि र आफ्नै औद्योगिक आधार निर्माण गर्नुपर्छ।

यही सोचले कम्पनीलाई विद्युतीय उपकरणको क्षेत्रमा पुर्यायो। सन् १९६९ मा सामसुङ इलेक्ट्रोनिक्सको स्थापना भएपछि कम्पनीले विद्युतीय उपकरण उद्योगमा निर्णायक प्रवेश गर्यो।

सुरुवाती उत्पादनमध्ये टेलिभिजन प्रमुख थियो। त्यो समय जापानी र पश्चिमी कम्पनीहरू विद्युतीय प्रविधिमा धेरै अगाडि थिए। सामसुङसँग उनीहरूसँग बराबरी गर्ने प्रविधि वा ब्रान्ड शक्ति थिएन।

त्यसैले उसले प्रतिस्पर्धाको अर्को आधार रोज्यो – ठूलो परिमाणमा उत्पादन र कम लागत।

सस्तोबाट उत्कृष्टतातर्फ

सामसुङले आफ्नो प्रारम्भिक प्रतिस्पर्धात्मक शक्ति कम लागत र ठूलो उत्पादनमा बनाएको थियो। तर विश्वव्यापी ब्रान्ड बन्नका लागि त्यो पर्याप्त थिएन।

कम्पनीले गुणस्तर सुधार गर्न थाल्यो। डिजाइनमा लगानी बढायो। अनुसन्धान तथा विकासमा खर्च बढायो। उत्पादन प्रक्रियालाई आधुनिक बनायो र विस्तारै प्रतिस्पर्धाको आधार बदल्यो- कम लागतबाट गुणस्तरतर्फ।

त्यसपछि अर्को चरण आयो- गुणस्तरबाट प्रविधिगत नेतृत्वतर्फ।

यही रणनीतिक परिवर्तन सामसुङको सफलताको केन्द्र बन्यो। किनकि बजारमा प्रवेश गर्न सस्तो हुनु उपयोगी हुन सक्छ। बजारमा टिक्न गुणस्तर चाहिन्छ। तर बजारको नेतृत्व गर्न आफ्नै प्रविधि चाहिन्छ। सामसुङले यही तेस्रो बाटो रोज्यो।

चिपभित्र लुकेको शक्ति

सामसुङको विश्वव्यापी सफलताको सबैभन्दा महत्वपूर्ण तर कम देखिने अध्याय अर्धचालक उद्योग हो।

उपभोक्ताले मोबाइल फोन, टेलिभिजन वा फ्रिज देख्छ। तर यी सबै उत्पादनको भित्र एउटा विशाल प्रविधिगत संसार हुन्छ-चिप, मेमोरी, प्रोसेसर, सेन्सर र अन्य विद्युतीय अवयव।

सामसुङले यही भित्री संसारमा ठूलो लगानी गर्यो।

सन् १९७४ मा हानकुक सेमिकन्डक्टरमा प्रवेश गरेपछि कम्पनीले अर्धचालक उद्योगतर्फ आफ्नो यात्रा तीव्र बनायो।

गुणस्तरको कठोर पाठ

सामसुङको रूपान्तरणमा सन् १९९० को दशकको एउटा घटना अत्यन्त महत्वपूर्ण मानिन्छ।

कम्पनीले आफ्ना उत्पादनको गुणस्तर सुधारलाई संस्थागत प्राथमिकता बनाउने क्रममा ठूलो परिमाणमा खराब उत्पादन नष्ट गरेको घटना यसको व्यवस्थापन संस्कृतिको प्रतीक बन्यो।

सन्देश स्पष्ट थियो- उत्पादन मात्र गर्नु पर्याप्त छैन; गुणस्तरीय उत्पादन गर्नुपर्छ।

हातमा पुगेको साम्राज्य

सन् २०१० मा सार्वजनिक भएको ग्यालेक्सी एस सामसुङको इतिहासमा अर्को निर्णायक मोड बन्यो।

त्यतिबेला स्मार्टफोन बजारमा एप्पलको आईफोनले नयाँ मापदण्ड स्थापित गरिसकेको थियो। अर्कोतर्फ नोकियाजस्ता कम्पनीको फीचर फोन बजारमा बलियो प्रभुत्व थियो।

सामसुङले यही परिवर्तनलाई अवसर बनायो। उसले स्मार्टफोनमा ठूलो लगानी गर्यो। ग्यालेक्सी शृङ्खला विस्तार गर्यो।

केही वर्षमै सामसुङ विश्वको सबैभन्दा ठूलो स्मार्टफोन उत्पादकमध्ये एक बन्यो।

तर ग्यालेक्सीको सफलता केवल एउटा मोबाइल फोनको सफलता थिएन। यसको पछाडि सामसुङको सम्पूर्ण औद्योगिक संरचना जोडिएको थियो।

डिस्प्ले उसकै।

मेमोरी चिप उसकै।

अनुसन्धान क्षमता उसकै।

विश्वव्यापी उत्पादन सञ्जाल उसकै।

डिजाइन र मार्केटिङ क्षमता उसकै।

त्यसैले ग्यालेक्सी एउटा उत्पादन मात्र थिएन। यो सामसुङको औद्योगिक सामर्थ्य उपभोक्ताको हातमा पुगेको रूप थियो।

जब आफ्नै उत्पादनले संकट ल्यायो

तर ठूलो कम्पनीको यात्रा सधैँ सफल हुँदैन। कहिलेकाहीँ सबैभन्दा ठूलो संकट प्रतिस्पर्धीबाट आउँदैन। आफ्नै उत्पादनबाट आउँछ।

सन् २०१६ मा सार्वजनिक गरिएको ग्यालेक्सी नोट ७ सामसुङका लागि त्यस्तै संकट बन्यो। प्रिमियम स्मार्टफोनमा ब्याट्रीसम्बन्धी समस्या देखिएपछि फोन फिर्ता लिनुपर्यो। कम्पनीले नयाँ उपकरण उपलब्ध गराएपछि पनि समस्या दोहोरियो।

अन्ततः उत्पादन बन्द गर्नुपर्यो।

एउटा असफलतानै सामसुङका लागि ठूलो आर्थिक, प्राविधिक र प्रतिष्ठागत धक्का थियो। विश्वव्यापी ब्रान्डको रूपमा ग्राहकको विश्वासमाथि प्रश्न उठ्यो।

तर यही घटनाले सामसुङको अर्को शक्ति पनि देखायो- संकटपछि पुनःनिर्माण गर्ने क्षमता।

अर्को असफलता : ग्यालेक्सी फोल्ड

सामसुङले संकटबाट सिकेर यात्रा रोकिएन। उसले फेरि जोखिम लियो।

यसपटक लक्ष्य थियो-फोल्डेबल स्मार्टफोन।

सन् २०१९ मा ग्यालेक्सी फोल्डको सुरुवाती परीक्षण र समीक्षामा स्क्रिन तथा कब्जासम्बन्धी समस्या देखिएपछि कम्पनीले सार्वजनिक बजारमा ल्याउने प्रक्रिया पुनःसमायोजन गर्नुपर्यो।

डिजाइन सुधार गरियो। परीक्षण बढाइयो। र त्यसपछि उत्पादन पुनः बजारमा ल्याइयो।

कम्पनीभित्रै नयाँ कम्पनी खोज्ने संस्कृति

सामसुङले नवप्रवर्तन केवल ठूलो अनुसन्धान केन्द्रमा खोजेन। उसले कम्पनीभित्रका कर्मचारीको विचारलाई पनि व्यवसायमा बदल्ने प्रणाली विकास गर्यो।

यसको उदाहरण हो–सी–ल्याब।

सी–ल्याबले कर्मचारीलाई नयाँ विचार प्रस्तुत गर्ने अवसर दिन्छ। विचारलाई नमुना उत्पादनमा विकास गर्न सकिन्छ। सफल परियोजना पछि छुट्टै कम्पनीका रूपमा अघि बढ्न सक्छ।

यसको दर्शन सरल छ- नयाँ व्यवसाय सधैँ बाहिरबाट किन्नुपर्दैन; कहिलेकाहीँ आफ्नै कर्मचारीको दिमागभित्र हुन्छ।

कार होइन, कारभित्रको भविष्य

सामसुङको अर्को रोचक यात्रा मोटरगाडी प्रविधिसँग जोडिन्छ।

कम्पनीले एक समय आफैँ कार बनाउने प्रयास गरेको थियो। सन् १९९० को दशकमा सामसुङ मोटर्स स्थापना भयो। तर एसियाली वित्तीय संकटपछि यो व्यवसाय गम्भीर समस्यामा पर्यो र अन्ततः रेनोलाई बिक्री गरियो।

सामसुङले कार बनाउने व्यवसायमा सफलता पाएन। तर उसले एउटा कुरा देख्न छाडेन– भविष्यको कार बदलिँदै थियो।

कार अब इन्जिन, गियर र चारवटा पाङ्ग्रा मात्र थिएन।

यसमा कम्प्युटर थियो।

डिस्प्ले थियो।

सेन्सर थियो।

क्यामेरा थियो।

सञ्चार प्रणाली थियो।

मनोरञ्जन प्रणाली थियो।

जोडिएको डिजिटल प्रणाली थियो।

स्वचालित सञ्चालनका लागि आवश्यक प्रविधि थियो।

त्यसैले सामसुङले प्रश्न बदल्यो।

‘हामी कार कसरी बनाउने?’ भन्दा–‘भोलिको कारलाई आवश्यक पर्ने प्रविधि हामी कसरी बनाउने?’

यही परिवर्तनले नयाँ अवसर खोल्यो।

आठ अर्ब डलरको दाउ

सन् २०१६ मा सामसुङले अमेरिकी कम्पनी हार्मन इन्टरनेसनललाई करिब ८ अर्ब अमेरिकी डलरमा अधिग्रहण गर्ने सम्झौता गर्यो।

यो सामान्य अधिग्रहण थिएन।

हार्मनसँग मोटर उत्पादकहरूसँगको सम्बन्ध, सवारीभित्रको मनोरञ्जन तथा सूचना प्रणाली, सञ्चार र जोडिएको सवारी प्रविधिमा अनुभव थियो।

सामसुङसँग अर्धचालक, डिस्प्ले, क्यामेरा, मेमोरी, विद्युतीय उपकरण र विश्वव्यापी उत्पादन क्षमताको ठूलो आधार थियो।

दुवैको क्षमता जोडिँदा नयाँ बजार खुल्यो। डिजिटल ककपिट। जोडिएको कार। सवारीभित्रका स्मार्ट डिस्प्ले। क्यामेरा। सुरक्षा प्रणाली। मनोरञ्जन। सञ्चार।

सामसुङको आर्थिक हैसियत

सामसुङ आज विश्वकै प्रभावशाली प्रविधि तथा औद्योगिक महाशक्ति मध्येको एक हो।

अगस्ट २०२६ सम्म सामसुङको अनुमानित बजार मूल्य करिब १.२२ देखि १.२६ ट्रिलियन अमेरिकी डलर पुगेको छ। कम्पनीको कुल सम्पत्ति करिब ४२१ अर्ब डलर, खुद सम्पत्ति करिब ३२४ अर्ब डलर र सन् २०२५ को वार्षिक आम्दानी करिब २९१.६ अर्ब डलर रहेको अनुमान छ।

यी तथ्यांकले सामसुङको आकार केवल प्रविधि उद्योगमा मात्र नभई विश्व अर्थतन्त्रकै ठूलो व्यवसायिक शक्तिका रूपमा देखाउँछन्।

भविष्यका लागि एआईदेखि रोबोटिक्ससम्ममा अर्बौको लगानी

स्मार्टफोन र मेमोरी चिप सामसुङका शक्तिशाली व्यवसाय हुन्। तर सामसुङको अर्को ठूलो रणनीतिक दाउ अहिलेको बजार जोगाउनुमा होइन, भोलिको बजार निर्माण गर्नुमा छ।

कृत्रिम बौद्धिकता, उन्नत अर्धचालक, पाँचौँ पुस्ताको मोबाइल सञ्चार, स्वास्थ्य प्रविधि, पहिरनयोग्य उपकरण, रोबोटिक्स, मोटरगाडी विद्युतीय प्रणाली, जोडिएको घर, उन्नत ब्याट्री र वातानुकूलन प्रविधिलाई कम्पनीले नयाँ वृद्धिका आधारका रूपमा अघि बढाइरहेको छ।

सामसुङ सफलताको असली सूत्र

सामसुङको सफलता केवल एउटा कारणले व्याख्या गर्न सकिँदैन। न त केवल ठूलो पूँजीले। न त केवल सस्तो उत्पादनले। न त केवल प्रविधिले।

यसको शक्ति यी सबैलाई जोडेर समयअनुसार रणनीति परिवर्तन गर्न सक्ने क्षमतामा छ।

पहिलो- समयभन्दा अगाडि बदलिनु।

दोस्रो- उत्पादन क्षमतामा नियन्त्रण।

तेस्रो-भित्री प्रविधिमा लगानी।

चौथो- मानिसमा लगानी।

पाँचौँ- असफलताबाट फर्कने क्षमता।

छैटौँ- अधिग्रहणबाट गति।

सातौँ-व्यवसायलाई एकअर्कासँग जोड्ने।

यही सामसुङको वास्तविक शक्ति हो।

तीन ताराको असली अर्थ

सामसुङ–अर्थात् ‘तीन तारा’। संस्थापक ली ब्योङ–चुलको कल्पनामा यी तारा केवल लोगो थिएनन्; कम्पनी ठूलो, बलियो र दीर्घकालसम्म चम्किरहने होस् भन्ने महत्वाकांक्षाका प्रतीक थिए।

आज सामसुङको आठ दशक लामो यात्रालाई हेर्दा ती तीन तारालाई तीन व्यावसायिक मन्त्रका रूपमा पढ्न सकिन्छ-ठूलो सोच, बलियो क्षमता र निरन्तर रूपान्तरण।

सामसुङबाट अरुले सिक्नुपर्ने पाठ

सामसुङको यात्रा आज विश्वव्यापी प्रविधि र औद्योगिक शक्तिको एउटा असाधारण उदाहरण बनेको छ। तर यसको सबैभन्दा ठूलो पाठ उसले कति मोबाइल बेच्यो, कति टेलिभिजन उत्पादन गर्यो वा कति विद्युतीय उपकरण बनायो भन्ने होइन।

सबैभन्दा ठूलो पाठ एउटा प्रश्न हो- परिवर्तन आउँदा तपाईंको व्यवसाय के गर्छ?

पर्खन्छ? प्रतिस्पर्धीलाई हेर्छ? पुरानो बजार जोगाउन खोज्छ? वा आफैँ परिवर्तन हुन थाल्छ?

सामसुङले बारम्बार अन्तिम बाटो रोज्यो।

सन् १९३८ मा व्यापारिक कम्पनीका रूपमा सुरु भएको सामसुङले समयसँगै उत्पादन, विद्युतीय उपकरण, अर्धचालक, मोबाइल फोन, पर्दा प्रविधि र निर्माणजस्ता फरक-फरक क्षेत्रमा प्रवेश गर्यो।

उसले आफ्नो पुरानो सफलतालाई भविष्यको ग्यारेन्टी मानेन। व्यापार पर्याप्त भएन-नयाँ क्षेत्र खोज्यो। उत्पादन पर्याप्त भएन-प्रविधिमा लगानी गर्यो। कम लागत पर्याप्त भएन-गुणस्तरतर्फ गयो। गुणस्तर मात्र पर्याप्त भएन-नयाँ सोच, अनुसन्धान र सिर्जनशीलतालाई प्रतिस्पर्धाको आधार बनायो।

यही पहिलो पाठ हो-सफल व्यवसाय पनि परिवर्तनका लागि तयार रहनुपर्छ।

आज अत्यधिक लोकप्रिय भएको वस्तु भोलि पुरानो हुन सक्छ। ग्राहकको चाहना बदलिन सक्छ। नयाँ प्रविधिले पुरानो बजार नै विस्थापित गर्न सक्छ।

त्यसैले व्यवसायले समय–समयमा आफ्नै उत्पादन, सेवा र काम गर्ने तरिकामाथि प्रश्न गर्नुपर्छ।

“हामीले आजबाट यो व्यवसाय सुरु गरेका भए, के हामी यही तरिकाले काम गर्थ्यौँ?”

यो प्रश्नले आत्मसन्तुष्टिबाट बचाउँछ।

व्यवसायका लागि यसको सन्देश सरल छ- ठूलो बन्नु राम्रो हो। बलियो बन्नु अझ राम्रो हो। तर लामो समय टिक्नका लागि बदलिन सक्ने बन्नु सबैभन्दा आवश्यक छ। समय बदलिनुअघि बदलीन तयार नहुँने व्यबसायको भविष्य दिगो नहुनेतर्फ सधै सचेत रहनुपर्छ।

2