Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

प्रसारण लाइनमा समस्या आएपछि काठमाडौंका केही क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित

प्रसारण लाइनमा समस्या आएपछि काठमाडौंका केही क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित
A A+ A-

काठमाडौं- खप्ती–ढल्केबर २२० केभी प्रसारण लाइनका दुवै सर्किटमा समस्या आएपछि आज बिहान काठमाडौं उपत्यकासहित देशको मध्य क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ। काठमाडौंका विभिन्न क्षेत्रमा केही समय विद्युत् अवरुद्ध भएको थियो।

नेपाल विद्युत् प्राधिकरणका अनुसार बिहान ८ः५२ बजे सर्किट–१ को तार चुडिएर लाइन ट्रिप भएको थियो। त्यसपछि ९ः१८ बजे सर्किट–२ समेत ट्रिप भएपछि विद्युत् प्रसारण प्रभावित भएको हो।

यसअघि नै निर्माणाधीन हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको तार तान्ने कामका लागि हेटौंडा–अमलेखगञ्ज र कमाने–अमलेखगञ्ज १३२ केभी प्रसारण लाइन निर्धारित ‘सटडाउन’मा थिए। सोही समयमा खप्ती–ढल्केबरका दुवै सर्किटमा समस्या आएपछि प्रणालीमा थप दबाब परेको प्राधिकरणले जनाएको छ।

विद्युत् आपूर्ति तत्काल पुनःस्थापना गर्न भारतको उत्तर प्रदेशस्थित सम्पतिया सबस्टेसनबाट मैनहिया सबस्टेसन हुँदै वैकल्पिक प्रसारण मार्ग प्रयोग गरिएको थियो। त्यसबाट बिहान ९ः४४ बजेदेखि काठमाडौं उपत्यकामा विद्युत् आपूर्ति पुनःसुचारु गरिएको प्राधिकरणले जनाएको छ।

हाल प्राविधिक टोलीले प्रसारण लाइनको स्थलगत निरीक्षण तथा मर्मतसम्भार गरिरहेको छ। लाइनमा देखिएको समस्या पहिचान गरी नियमित प्रसारण व्यवस्था मिलाउने काम भइरहेको प्राधिकरणले जनाएको छ।

2