Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

रसुवा–नुवाकोटमा २६ अस्थायी आश्रयस्थल सञ्चालन, ३ हजार ४५४ प्रभावितलाई राहत

रसुवा–नुवाकोटमा २६ अस्थायी आश्रयस्थल सञ्चालन, ३ हजार ४५४ प्रभावितलाई राहत
अ+ अ-

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा व्यवस्थापनका लागि संघीय र स्थानीय सरकारको समन्वयमा रसुवा र नुवाकोटका विभिन्न स्थानमा २६ वटा अस्थायी आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ।

यी केन्द्रबाट आइतबार मात्रै ३ हजार ४५४ जना प्रभावित नागरिकले अस्थायी आश्रय तथा राहत सेवा प्राप्त गरेका छन्। नुवाकोटमा १६ वटा आश्रयस्थल तथा शिविरमा २ हजार २७४ जना प्रभावितलाई राखिएको छ।

नुवाकोटको विदुर नगरपालिका–तुप्चे क्षेत्रका प्रभावितलाई पुस्तकालय शिविरमा राखिएको छ। त्रिशूली ढुंगे र सिमचौर क्षेत्रका प्रभावितलाई सेफहाउस तथा किरियापुत्री भवन, बेत्रावतीका प्रभावितलाई स्वास्थ्य चौकी, बट्टार क्षेत्रका प्रभावितलाई कवर्ड हल र देविघाटका प्रभावितलाई आयुर्वेद वैकल्पिक चिकित्सालयमा व्यवस्थापन गरिएको छ।

त्यस्तै, बेत्रावती भैँसे क्षेत्रका प्रभावितलाई सुन्दरी कैरिनी माध्यमिक विद्यालय तथा त्रिशूली बजार क्षेत्रका प्रभावितलाई कोलनी कवर्ड हल, भैरुम माध्यमिक विद्यालय, रिमालडाँडा र इन्द्रायणी आविमा सञ्चालित शिविरमा राखिएको छ।

विदुर–३ देविघाट सिटखाली क्षेत्रका प्रभावितलाई रणभुवनेश्वरी माध्यमिक विद्यालय तथा वडा कार्यालयमा व्यवस्थापन गरिएको छ। विदुर–९ का प्रभावितलाई त्रिशूली आधारभूत विद्यालय र शुलक्षणा माध्यमिक विद्यालयमा राखिएको छ।

बेलकोटगढी नगरपालिका–रातमाटे–जिलिङ क्षेत्रका प्रभावितलाई महादेव माध्यमिक विद्यालय, किस्पाङ गाउँपालिका–५ का प्रभावितलाई कार्की मनकामना आधारभूत विद्यालय र त्रिभुवन माध्यमिक विद्यालय तथा रसुवाबाट उद्धार गरिएका केही प्रभावितलाई बट्टारस्थित तामाङ प्लाजामा राखिएको छ।

उद्धार गरिएका घाइतेको उपचारका लागि विदुर–२ को सेफहाउस, देवीघाट आयुर्वेद वैकल्पिक चिकित्सालय, बेलकोटगढी–७ को महादेव माध्यमिक विद्यालय र विदुर–९ को शुलक्षणा माध्यमिक विद्यालयमा मेडिकल टोली परिचालन गरिएको छ।

रसुवामा १० आश्रयस्थल, १ हजार १८० प्रभावितलाई आश्रय

रसुवामा पनि बाढी प्रभावितको उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको छ। जिल्लाका १० वटा अस्थायी आश्रयस्थलमा आइतबार मात्रै १ हजार १८० जना विपद् प्रभावित नागरिकले आश्रय लिएका छन्।

स्थानीय तहको समन्वयमा उत्तरगया गाउँपालिका–२ को डाँडागाउँ तथा आमाछोदिङ्मो गाउँपालिका–१ र २ का हाकु, पाङलिङ र ग्रेमा आश्रयस्थल सञ्चालनमा छन्।

त्यस्तै, गोसाइँकुण्ड गाउँपालिका–१, २, ३ र ५ अन्तर्गत थुमन, दालफेदी, खैदी, वृद्धिम, लिङलिङ र स्याफ्रुबेँसी तथा आमाछोदिङ्मो गाउँपालिका–१ र २ अन्तर्गत हाकु, पाङ्ग्रङ र ग्रेमा पनि अस्थायी आश्रयस्थल सञ्चालनमा ल्याइएको छ।
राहत सामग्री पुग्न नसकेको कुनै स्थान नरहेको जनाइएको छ। भौगोलिक विकटताका कारण अधिकांश प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत राहत सामग्री वितरण गरिएको छ।

बाढी प्रभावितको उपचारका लागि धुन्चेस्थित रसुवा जिल्ला अस्पताल, स्याफ्रुबेँसीमा वीर अस्पतालको टोली, हेलिक्षेत्रमा प्रादेशिक अस्पतालको टोली तथा रसुवा अस्पतालमा सशस्त्र प्रहरी बलका स्वास्थ्यकर्मी परिचालन भएका छन्। हेलिक्षेत्रमा नेपाली सेनाको स्वास्थ्य टोलीसमेत उपचारमा सक्रिय रहेको छ।

बाढी प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा सार्न र राहत तथा औषधोपचारको पहुँच सुनिश्चित गर्न स्थानीय प्रशासन र सुरक्षा निकाय उच्च सतर्कताका साथ परिचालित रहेका छन्।

2