Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

दसैँ मनाएपछि रोजगारीका लागि भारत फर्किनेको लस्कर

दसैँ मनाएपछि रोजगारीका लागि भारत फर्किनेको लस्कर
A A+ A-

धनगढी: दसैँ मनाएपछि रोजगारीका लागि भारत जाने नेपालीहरूको लस्कर सुदूरपश्चिमका सीमा नाकामा देखिएको छ। खेतीपातीबाट परिवारको खर्च धान्न नसक्ने र नेपालमा रोजगारीको स्थायी अवसर नपाउने बाध्यताका कारण धेरै युवाहरू पुनः भारततर्फ लाग्ने गरेका छन्।

कैलालीको जानकी गाउँपालिकाका मनिष थापाले दसैँ परिवारसँग मनाएपछि पुनः भारत जान लागेको बताए। उनले भने, ‘दसैँमा घर आएँ। परिवारसँग बसेर चाड मनाएँ। अब फेरि जानुपर्छ। घरको खर्च चलाउन कमाउनै पर्यो।’ कञ्चनपुरका शिव विकले पनि काममा फर्किने तयारी गरेका छन्। मुम्बईस्थित एक प्लाष्टिक कम्पनीमा कार्यरत उनले दुई हप्ताको बिदा लिएर घर आएका थिए। उनले भने, ‘परिवार छोडेर जान मन त कसलाई हुन्छ र? बाध्यताले जानैपर्छ।’

धनगढी उपमहानगरपालिकाका मणीरा चौधरीले नेपालमा रोजगारीको ग्यारेन्टी नहुँदा भारत जानुपर्ने अवस्था रहेको बताए। उनले भने, ‘नेपालमा कामको ग्यारेन्टी छैन। भारतमा दुःख छ, तर काम गरेपछि पैसा आउँछ।’ बझाङका रमेश धामीले पनि भारतमा कमाएको पैसाले नै घर खर्च, छोराछोरीको पढाइ र ऋणको किस्ता तिर्नुपर्ने बाध्यता रहेको बताए। उनले भने, ‘दसैँमा घरमा बसेर रमाइलो गर्न मन कसलाई हुँदैन र? तर घरको अवस्था सम्झिएपछि जानैपर्छ।’

सुदूरपश्चिमका नौ वटै जिल्लाबाट रोजगारीका लागि भारत जाने क्रम लामो समयदेखि चल्दै आएको छ। यहाँका युवाहरू निर्माण, होटल, कारखाना, सुरक्षा गार्ड र चौकीदारी जस्ता काममा संलग्न हुने गरेका छन्। सरकारसँग भारत जानेहरूको यकिन तथ्यांक छैन। खुला सीमाका कारण गौरीफन्टा, गड्डाचौकी, झुलाघाट र दार्चुलाका नाकाबाट वर्षेनी ठुलो संख्यामा मानिसहरू भारत जाने गरेका छन्। केही व्यक्तिहरू दसैँ सकिएलगत्तै भारत फर्किरहेका छन् भने केही तिहार मनाएर जाने तयारीमा छन्।

2