Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

भोटेकोशी बाढीपीडितका लागि नेपाल लिकर्सद्वारा एक करोड सहयोग

भोटेकोशी बाढीपीडितका लागि नेपाल लिकर्सद्वारा एक करोड सहयोग
अ+ अ-

नेपाल लिकर्स प्रालिले भोटेकोशी बाढीपीडितको उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ।

काठमाडौं: सिग्नेचर ह्विस्की तथा स्मिरनोफ भोड्का जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूको उत्पादक नेपाल लिकर्स प्रालिले भोटेकोशीका बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड एक लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ।

विपद्पछिको राहत र पुनःस्थापनासम्बन्धी कार्यलाई सघाउने उद्देश्यले कम्पनी तथा त्यहाँ कार्यरत कर्मचारीहरूका तर्फबाट उक्त रकम कोषमा दाखिला गरिएको नेपाल लिकर्सले जनाएको छ। सहयोग रकमको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको छ।

बाढीपीडितलाई राहत रकम हस्तान्तरण गरेपछि कम्पनीले विपत्तिले पुर्याएको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गरेको छ। “प्राकृतिक विपत्तिले पुर्याएको अपूरणीय क्षति र पीडाको अगाडि यो रकम सानो प्रयास मात्र हो, तर सबैको स-साना सहयोग र सहकार्यले नै पुनर्निर्माणको ढोका खोल्छ भन्नेमा हामी विश्वस्त छौँ,” कम्पनीद्वारा जारी भनाइमा उल्लेख छ।

साथै कम्पनीले प्रभावित क्षेत्रमा खटिएका सरकारी निकाय, सुरक्षाकर्मी तथा स्वयंसेवकहरूको प्रयासमा सहयोग पुर्याउन सम्पूर्ण नागरिक तथा संघ-संस्थाहरूलाई अनुरोध गरेको छ। “प्रभावित क्षेत्रमा खटिनुभएका सरकारी निकाय, सुरक्षाकर्मी तथा स्वयम्सेवकहरूको महान् कार्यमा हातमा हात मिलाउँदै आ-आफ्नो तर्फबाट सक्दो सहयोग पुर्याउन हामी सम्पूर्ण नागरिक तथा सङ्घ-संस्थाहरूमा हार्दिक अनुरोध गर्दछौँ,” कम्पनीले भनेको छ।

2