Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

भोटेकोशी बाढीपीडितका लागि ४१ लाख ११ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि ४१ लाख ११ हजार सहयोग
अ+ अ-

कास्की। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि पोखराका व्यवसायी नारायणप्रसाद पौडेलको नेतृत्वमा सञ्चालित व्यावसायिक तथा शैक्षिक प्रतिष्ठानले रु ४१ लाख ११ हजार १११ सहयोग गरेका छन् ।

सहयोग रकमको चेक आज अर्थ मन्त्रालयमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई प्रतिष्ठानका अध्यक्ष पौडेलले हस्तान्तरण गरेको हो । अटोवेज प्रालि, प्रतिभा माध्यमिक विद्यालय र गोविन्द-कलावती फाउण्डेसनले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् ।

अटोवेज प्रालिबाट रु २५ लाख, प्रतिभा माध्यमिक विद्यालयका शिक्षक-कर्मचारीबाट रु ११ लाख ११ हजार १११ र गोविन्द-कलावती फाउण्डेसनबाट रु पाँच लाख सहयोग गरिएको हो ।

विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले रकम प्रदान गरिएको अध्यक्ष पौडेलले बताए । उनले विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्नु सामाजिक उत्तरदायित्वसँगै मानवीय दायित्व भएको बताए ।

“विपद्को समयमा पीडित नागरिकको राहत र पुनःस्थापनाका लागि सरकार, निजी क्षेत्र, सङ्घसंस्था तथा आम नागरिक सबैले सहयोग गर्नुपर्छ”, अध्यक्ष पौडेलले भने । उनले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा क्षतिग्रस्त विद्यालयको पुनःनिर्माण तथा बालबालिकाको शैक्षिक वातावरण पुनःस्थापनाका लागि आगामी दिनमा सहयोग गर्ने प्रतिबद्धता जनाए।

“प्रभावित क्षेत्रमा हामी सहयोगलाई आगामी दिनमा निरन्तरता दिनेछौँ । विशेषगरी बाढीले क्षति पुगेको विद्यालयको पुनःनिर्माणमा स्थानीयसँग मिलेर काम गर्नेछौँ”, अध्यक्ष पौडेलले भने ।

2