Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

हिमालयन रिइन्स्योरेन्सको राहत कोषमा १ करोड

हिमालयन रिइन्स्योरेन्सको राहत कोषमा १ करोड
अ+ अ-

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि १ करोड रुपैयाँ सहयोग गरेको छ।

कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। बाढी प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन तथा पुनःस्थापनाका काममा सहयोग पुर्‍याउने उद्देश्यले रकम प्रदान गरिएको कम्पनीले जनाएको छ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा कम्पनीका सञ्चालक आशिष चन्द न्यौपाने, अन्डराइटिङ हेड दिकदर्शन नेपाल र कार्यकारी निर्देशक सन्तोष केसीले अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत १ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

कम्पनीले बाढी तथा विपद्का कारण ज्यान गुमाएका नागरिकका परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि आगामी दिनमा समेत सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ।

हिमालयन रिइन्स्योरेन्सका अनुसार उक्त सहयोग संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत प्रदान गरिएको हो। सहयोगले बाढी प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन तथा दीर्घकालीन पुनःस्थापनामा समेत योगदान पुग्ने कम्पनीको विश्वास छ।

विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारी निकाय तथा विभिन्न संघसंस्थाले काम गरिरहेका बेला निजी क्षेत्रबाट प्राप्त सहयोगले राहत अभियानलाई थप बल पुग्ने अपेक्षा गरिएको छ।

2