Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

बीएलसी ग्लोबल होल्डिङ्सद्वारा बाढीपीडितलाई ३ करोड ३६ लाख सहयोग

बीएलसी ग्लोबल होल्डिङ्सद्वारा बाढीपीडितलाई ३ करोड ३६ लाख सहयोग
A A+ A-

काठमाडौं । बीएलसी ग्लोबल होल्डिङ्ससँग आबद्ध संस्थाहरूले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माणका लागि सरकारलाई ३ करोड ३६ लाख ७० हजार रुपैयाँ सहयोग गरेका छन्।

होल्डिङ्ससँग आबद्ध नर्भिक इन्टरनेशनल हस्पिटल, बीएलसी ग्लोबल लजिस्टिक्स र नेपाल डिस्टिलरीजलगायत संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेका हुन्।

बुधबार होल्डिङ्सका प्रबन्ध निर्देशक एवं नर्भिकका निर्देशक मेघा चौधरी, नर्भिकका अध्यक्ष राजेन्द्रबहादुर सिंह, सीईओ अजयकुमार मिश्र तथा नेपाल डिस्टिलरीजका शरद टिबरेवालले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरे।

चेक हस्तान्तरण गर्दै मेघा चौधरीले विपद्का बेला सरकारमार्फत सञ्चालन हुने राहत तथा पुनर्निर्माणका काममा सहयोग पु¥याउने उद्देश्यले रकम प्रदान गरिएको बताइन्।

उनले सहयोग रकम बाढी प्रभावित परिवारको पुनर्वास तथा पुनर्निर्माणमा प्रभावकारी रूपमा प्रयोग हुने विश्वास व्यक्त गरिन्। साथै, अहिलेको विषम परिस्थितिमा होल्डिङ्ससँग आबद्ध सबै संस्था सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताइन्।

होल्डिङ्सले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।

बीएलसी ग्लोबल होल्डिङ्सका संस्थापक बसन्त चौधरीले गत शनिबार बाढी प्रभावितको उद्धार तथा पुनर्स्थापनाका लागि ३ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए। सोही घोषणाअनुसार आबद्ध संस्थाहरूबाट कुल ३ करोड ३६ लाख ७० हजार रुपैयाँ सहयोग गरिएको हो।

2