Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

भोटेकोशी बाढीपीडितका लागि टङ्क सापकोटाको ५१ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि टङ्क सापकोटाको ५१ लाख सहयोग
A A+ A-

पोर्चुगल । टङ्क सापकोटाले रु ५१ लाख ११ हजार १५१ आर्थिक सहयोग दाखिला गरेका छन् । सापकोटा पोर्चुगलमा चर्चित नेपाली ‘सेफ’ हुन् ।

रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सापकोटाले बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो ।

पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले सापकोटाको सहयोगको प्रशंसा गर्दै प्राकृतिक विपत्तिमा परेका नागरिकको राहत तथा उद्धारका लागि उक्त सहयोग प्रशंसनीय र प्रेरणादायी रहेको बताए।

“सङ्कटको समयमा मातृभूमि र विपद्पीडित नागरिकप्रति सापकोटाले देखाउनुभएको परोपकारी भावना र मानवीय सहयोगले सामाजिक उत्तरदायित्वको सकारात्मक सन्देश दिएको छ,” राजदूत पौडेलले भने ।

बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा थोरै भए पनि सहयोग पु¥याउने उद्देश्यले आफ्नो परिवारका तर्फबाट उक्त रकम प्रदान गरिएको सापकोटाले बताए ।

दाजु लक्ष्मीप्रसाद सापकोटा र श्रीमती सीता सापकोटासँग सल्लाह गरेर परिवारका तर्फबाट विपत्तिमा परेका नागरिकलाई सहयोग गरिएको उनले बताए ।

“प्राकृतिक विपत्तिमा परेका मातृभूमिका नागरिकको पीडा र दुःखमा थोरै भए पनि राहत पु¥याउनुलाई मैले आफ्नो मानवीय तथा सामाजिक उत्तरदायित्वका रूपमा लिएको छु । हामी संसार बदल्न सक्दैनौँ, तर संसार बदल्न सहयोग गर्न सक्छौँ । विपद्को यो कठिन घडीमा पीडित नागरिकको दुःखमा थोरै भए पनि साथ दिन सक्नु नै हाम्रो लागि ठूलो कुरा हो,” सापकोटाले रासससँग भने ।

विगत ३० वर्षदेखि  पोर्चुगलमा बस्दै आउनुभएका बागलुङ, दमेकका सापकोटाले राजधानी लिस्बनमा तीन इटालियन र एक नेपाली गरी चारवटा रेस्टुरेन्ट सञ्चालन गर्दै आएको छ ।

पाककलामा उत्कृष्ट कला–कौशल प्रदर्शन गर्दै आउनुभएका सापकोटाले दर्जनौँ ‘अवार्ड’ तथा पुरस्कारसमेत प्राप्त गरिसकेको छ ।

यसअघि पनि सापकोटाले विभिन्न प्राकृतिक विपत्ति तथा मानवीय सङ्कटका समयमा सहयोग गर्दै आएको छ । कोरोना महामारीका समयमा उनले राजधानी लिस्बनका करिब १० हजार जनालाई निःशुल्क खाना पनि खुवाएको थियो ।

2