भैरहवा । भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीबाट प्रभावितको उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका लागि रुपन्देहीको ओमसतिया गाउँपालिकाले रु २४ लाख १७ हजार ९०० सहयोग गरेको छ ।
गाउँपालिकाका जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारी एवं सामुदायिक विद्यालयका शिक्षकको पारिश्रमिकबाट सङ्कलन भएको उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको अध्यक्ष मञ्जित यादवले जानकारी दिए।
यसैबीच, ओमसतिया गाउँपालिकाले रसुवा बाढीबाट ज्यान गुमाएकाको आत्माको चिरशान्तिको कामना, शोकसन्तप्त परिवारजनमा समवेदना र घाइतेको सिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
