Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

‘ट्विटर’ नाममा एक्सको अधिकार

‘ट्विटर’ नाममा एक्सको अधिकार
A A+ A-

इलोन मस्कको स्वामित्वमा रहेको एक्स (साबिकको ट्विटर) ले मुद्दा हालेपछि अमेरिकाको एउटा स्टार्टअप कम्पनीले आफ्नो प्लेटफर्ममा ट्विटर नाम प्रयोग गर्न नपाउने भएको छ ।

एक्सले अपरेसन ब्लुबर्ड नामक स्टार्टअपलाई आफ्नो प्लेटफर्ममा ‘ट्विटर’ नाम प्रयोग गर्न रोक लगाउन माग गर्दै अदालतमा मुद्दा दायर गरेको थियो । डेलावेयरका संघीय न्यायाधीश कोल्म कोनोलीले ट्विटरको नाम र सम्बन्धित ट्रेडमार्क प्रयोग गर्दा उपभोक्ताहरू भ्रमित हुन सक्ने र ट्रेडमार्क उल्लंघन हुने ठहर गर्दै ट्विटर नाम प्रयोग नगर्न आदेश दिएका हुन्।

सन् २०२२ मा ४४ अर्ब डलरमा ट्विटर किनेर नाम बदले पनि मस्कले ट्रेडमार्क अधिकार नछाडेको अदालतले स्पष्ट पारेको छ । तर, मस्क आफैंले पुराना नाम र चराको लोगो हटाउने घोषणा गरेको भन्दै अदालतले ‘ट्वीट’ शब्द र ट्विटरको नीलो चराको लोगोको अधिकार भने एक्सले गुमाइसकेको निर्णय सुनाएको छ।

अदालतको यो निर्णयबाट स्टार्टअप ब्लुबर्डले चराको लोगो र ट्वीट शब्द प्रयोग गर्न पाउने भएपछि खुसी व्यक्त गरेको छ भने एक्सले भने यस विषयमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

2