Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

इजरायलले थप कामदार माग्दै

इजरायलले थप कामदार माग्दै
A A+ A-

काठमाडौं । इजरायलले नेपाली युवाका लागि रोजगारीको थप अवसर खुलाउने तयारी गरेको छ। बाँकी रहेको कोटा र नयाँ कोटा समेटेर वैदेशिक रोजगार विभागले केही दिनभित्रै आवेदन आह्वान गर्ने तयारी गरेको हो।

विभागले नयाँ कोटाको औपचारिक संख्या सार्वजनिक गरिसकेको छैन। तर नेपालस्थित इजरायली दूतावासले करिब २ हजार १ सय जनाका लागि नयाँ आवेदन खुलाउने जानकारी दिएको छ।

करिब डेढ महिनाअघि श्रमिक छनोटका लागि ‘लक्की ड्र’ गर्ने क्रममा दूतावासले थप २ हजार जनालाई रोजगारीको अवसर दिने योजना सार्वजनिक गरेको थियो। सोहीअनुसार इजरायल पक्षले विभागलाई नयाँ रोजगारीबारे जानकारी गराइसकेको छ।

हाल भाषा परीक्षा सञ्चालन गर्ने संस्था सिआइआइएनले परीक्षा प्रणाली अद्यावधिक गरिरहेको छ। प्रणाली तयार भएपछि विभागले आवेदन खुलाउने तयारी गरेको जनाएको छ। यसअघि भाषा परीक्षा सञ्चालनका क्रममा देखिएका प्राविधिक समस्याका कारण नयाँ आवेदन प्रक्रिया केही ढिला भएको हो।

नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी बासले इजरायलको श्रमिक छनोट प्रक्रिया पारदर्शी रहेको बताएका छन्। उनले नयाँ आवेदन खुलाउने तयारी भइरहेको जानकारी दिएका छन्।

इजरायलको कृषि तथा आवासीय निर्माण क्षेत्रमा पनि नेपाली श्रमिक लैजाने विषयमा छुट्टाछुट्टै प्रोटोकलमा काम भइरहेको राजदूत बासले बताएका छन्। तर हालसम्म केयरगिभरबाहेक अन्य क्षेत्रमा नेपाली श्रमिक लैजाने विषयमा ठोस प्रगति हुन सकेको छैन।

इजरायलले सन् २०२२ अगस्टदेखि नेपालबाट केयरगिभरका रूपमा नेपाली श्रमिक लैजान सुरु गरेको हो।

नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार माग हुने श्रमिकमध्ये ४० प्रतिशत पुरुष र ६० प्रतिशत महिला छनोट गर्ने व्यवस्था छ।

केयरगिभरका लागि आवेदन दिन उम्मेदवारको न्यूनतम उचाइ १.५ मिटर र तौल कम्तीमा ४५ केजी हुनुपर्ने प्रावधान छ।

शैक्षिक योग्यताअन्तर्गत कक्षा १० उत्तीर्ण गरी अनमी वा सीएमएससम्बन्धी १५ महिने अध्ययन पूरा गरेका तथा प्लस टु उत्तीर्ण गरी सरकारबाट मान्यता प्राप्त संस्थाबाट तीन महिने केयरगिभिङ तालिम लिएका उम्मेदवार योग्य हुनेछन्।

यसअघि सञ्चालन गरिएको भाषा परीक्षामा प्राविधिक समस्या देखिएपछि धेरै परीक्षार्थीको नतिजा प्रभावित भएको थियो। त्यसपछि परीक्षार्थीले विरोध र आन्दोलनसमेत गरेका थिए।

भाषा परीक्षाको जिम्मेवारी पाएको सिआइआइएनले पनि परीक्षाका क्रममा केही प्राविधिक कमजोरी भएको स्वीकार गरेको थियो।

यसपटक भने परीक्षा प्रणालीमा देखिएका कमजोरी सुधार गरी आवेदनदेखि भाषा परीक्षा र श्रमिक छनोटसम्मको प्रक्रिया व्यवस्थित र विश्वसनीय बनाउने चुनौती वैदेशिक रोजगार विभागसामु रहेको छ।

2