Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

लिपमोटर बी १० अब कोरला नाकाबाट नेपाल भित्रिने

लिपमोटर बी १० अब कोरला नाकाबाट नेपाल भित्रिने
A A+ A-

काठमाडौं । नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रीला मोटर्स प्रा. लि.ले लिपमोटर बी १० को आपूर्ति तथा ढुवानी प्रणालीमा परिमार्जन गरेको छ । रसुवा क्षेत्रमा आएको बाढीका कारण रसुवागढी नाकाबाट हुने आयातमा अस्थायी अवरोध सिर्जना भएपछि कम्पनीले बी १० लाई मुस्ताङस्थित कोरला नाकाबाट नेपाल भित्र्याउन थालेको हो ।

ग्राहकलाई तोकिएको समयमा गाडी उपलब्ध गराउने उद्देश्यले कोरला नाकाबाट आयात सुरु गरिएको कम्पनीले जनाएको छ । यससँगै बुकिङ गरेका ग्राहकलाई लिपमोटर बी १० को डेलिभरी छिट्टै सुरु हुने बताइएको छ ।

नाइमा मोबिलिटी एक्स्पो तथा नाडा अटो शोमा बी १० ले पाएको उत्साहजनक प्रतिक्रिया र उच्च बुकिङलाई ध्यानमा राख्दै आपूर्ति प्रक्रियालाई तीव्र बनाइएको सांग्रीला मोटर्सको भनाइ छ । ग्राहकको मागलाई समयमै पूरा गर्न कोरला नाकाबाट हुने ढुवानी तथा भन्सार जाँचपासको प्रक्रिया पनि तीव्र पारिएको कम्पनीले जनाएको छ ।

बजेट भाषणपछि मूल्य घटेर ५४ लाख ९९ हजार रुपैयाँ कायम भएपछि लिपमोटर बी १० प्रति ग्राहकको आकर्षण थप बढेको कम्पनीको दाबी छ ।

बी १० मा १६० किलोवाट क्षमताको रियर ह्विल ड्राइभ मोटर र ६७.१ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ । कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्जमा ६०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ । गाडीमा १८० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स दिइएको छ ।

त्यस्तै, बी १० मा १४.६ इन्चको २.५ के एचडी टचस्क्रिन, एन्ड्रोइड अटो तथा एप्पल कारप्ले कनेक्टिभिटी, रेकर्डिङ सुविधासहितको ३६० डिग्री क्यामेरा, हिटर तथा भेन्टिलेसन सुविधायुक्त प्रिमियम लेदरेट सिट र सनसेडसहितको ठूलो प्यानोरामिक सनरुफलगायतका सुविधा उपलब्ध छन् ।

Aadim CollegeNational College Banner Advt
कोरला नाकाबाट आयात सुरु भएसँगै देशभरका ग्राहकलाई लिपमोटर बी १० सहज र छिटो उपलब्ध गराउन सकिने कम्पनीले जनाएको छ ।

2