Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

साप्ताहिक सेयर बजारमा साढे १४ अंकको गिरावट

साप्ताहिक सेयर बजारमा साढे १४ अंकको गिरावट
A A+ A-

काठमाडौं। भोटेकोसी बाढीबाट विद्युत् आयोजनामा परेको क्षतिको प्रभावसहित लगानीकर्ताको कमजोर मनोबलका कारण यो साता सेयर बजारमा गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४.५४ अंक घटेर २ हजार ५४२.७७ बिन्दुमा बन्द भएको छ।

गत साता २ हजार ५५७.३१ बिन्दुमा रहेको नेप्से यो साता ०.५७ प्रतिशत घटेको हो। चार कारोबार दिन खुलेको बजारमा तीन दिन सामान्य वृद्धि भए पनि एक दिनको गिरावटले समग्र परिसूचक घटाएको छ।

कारोबार रकममा पनि कमी आएको छ। गत साता दैनिक औसत ३ अर्ब ९७ करोड रुपैयाँको कारोबार भएकोमा यो साता औसत ३ अर्ब २४ करोड रुपैयाँमा सीमित भएको छ। यो गत साताको तुलनामा १८.५२ प्रतिशत कम हो।

नेप्सेका अनुसार यो साता दैनिक औसत कारोबार भएको सेयर संख्या १५.०८ प्रतिशत घटेको छ। त्यस्तै, दैनिक औसत कारोबार संख्या पनि ७.९१ प्रतिशतले घटेको छ।

बजार घटेसँगै कुल बजार पुँजीकरण पनि घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४३ खर्ब ९८ अर्ब रुपैयाँ रहेको कुल बजार पुँजीकरण यो साता २५ अर्ब रुपैयाँ घटेर ४३ खर्ब ७३ अर्ब रुपैयाँमा झरेको छ।

चार उपसमूह बढे

यो साता नेप्सेका १३ उपसमूहमध्ये चारवटाको परिसूचक बढेको छ भने नौवटाको घटेको छ।

लगानी उपसमूहको परिसूचक सर्वाधिक १.१२ प्रतिशत बढेको छ। गत साता ९३.९४ बिन्दुमा रहेको उक्त उपसमूहको परिसूचक १.०५ अंक बढेर ९४.९९ बिन्दुमा पुगेको छ।

उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक पनि ६७.१४ अंकले बढेको छ।

निर्जीवन बिमा सबैभन्दा कमजोर

यो साता निर्जीवन बिमा उपसमूहको परिसूचक सबैभन्दा धेरै ४.५५ प्रतिशत घटेको छ। गत साताको तुलनामा उक्त उपसमूहको परिसूचक ४४३.०८ अंक घटेर ९ हजार २९०.७० बिन्दुमा झरेको छ।

उपकार लघुवित्तको सेयर बढ्यो

यो साता उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै २१.५१ प्रतिशत बढेको छ। गत साता २ हजार ४०८ रुपैयाँमा अन्तिम कारोबार भएको कम्पनीको सेयर मूल्य यो साता २ हजार ९२६ रुपैयाँ पुगेको छ।

यता, कारोबारमा आएको पियोर इनर्जीको सेयर मूल्य यो साता सबैभन्दा धेरै १३.८० प्रतिशत घटेको छ।

समग्रमा यो साता कारोबार रकम, सेयर संख्या र कारोबार संख्यामा आएको कमीले बजारमा लगानीकर्ताको सक्रियता कमजोर बनेको देखिएको छ।

2