काठमाडौं। विद्युत् नियमन आयोगले मायाखोला हाइड्रोपावर कम्पनीलाई शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न पूर्वस्वीकृति दिएको छ।
कम्पनीले नवौं वार्षिक साधारणसभाबाट हाल कायम चुक्तापुँजी १ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ।
आयोगको पूर्वस्वीकृति पाएसँगै कम्पनीलाई हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिने बाटो खुलेको छ।
जलविद्युत् कम्पनीले हकप्रद सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिनुअघि विद्युत् नियमन आयोगको पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था छ।
शतप्रतिशत हकप्रद निष्कासनपछि कम्पनीको चुक्तापुँजी २ अर्ब रुपैयाँ पुग्नेछ। कम्पनीका अनुसार हकप्रदबाट प्राप्त रकम ऋण भुक्तानीमा प्रयोग गरिनेछ।
