Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

बाढी प्रभावित करदातालाई कर तिर्न म्याद थप

बाढी प्रभावित करदातालाई कर तिर्न म्याद थप
A A+ A-

काठमाडौं। भोटेकोसी बाढीबाट प्रभावित करदातालाई सरकारले कर विवरण बुझाउन र कर दाखिला गर्न थप समय दिएको छ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले ‘बिजनेस रिकभरी प्लान’ अन्तर्गत प्रभावित क्षेत्रका करदातालाई कर विवरण तथा कर दाखिलाको म्याद थप गर्ने निर्णय गरेको हो।

अर्थ मन्त्रालयका अनुसार मूल्य अभिवृद्धि कर, आयकर, अन्तःशुल्क तथा आर्थिक ऐनअनुसार भदौ र असोजभित्र बुझाउनुपर्ने विवरण तथा सोबापतको कर अब कात्तिक २५ गतेसम्म बुझाउन सकिनेछ।

भदौ १० गते आएको भोटेकोसी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका विभिन्न क्षेत्रमा क्षति पुगेको थियो।

सरकारले व्यावसायिक सम्पत्ति पूर्ण रूपमा नष्ट भएका करदातालाई कर प्रयोजनका लागि उक्त सम्पत्तिको मूल्य एकैपटक खर्च कट्टी गर्न पाउने सुविधा पनि दिएको छ।

आंशिक रूपमा क्षतिग्रस्त सम्पत्तिको मर्मत खर्चमा आयकर ऐनको दफा १६ को उपदफा (९) बमोजिमको सीमा लागू नहुने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

त्यस्तै, डी–वान विवरण बुझाउने प्रभावित व्यवसायीले आर्थिक वर्ष २०८२/८३ को आयकरमा पूर्ण छुट पाउने भएका छन्।

सरकारले प्रदेश र स्थानीय तहलाई पनि बाढी प्रभावित क्षेत्रका व्यवसायीलाई स्थानीय कर तथा शुल्कमा आवश्यक सहुलियत दिन अनुरोध गरेको छ।

2