काठमाडौँ। बाढीका कारण प्रभावित माथिल्लो त्रिशुली १ (२१६ मेवा) को अडिट ४ टनेलबाट एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ।
नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले शनिबार दिउँसो उक्त सुरुङबाट ती चिनियाँ नागरिकको उद्धार गरेको हो।
उद्धार गरिएका नागरिकलाई नुवाकोटको त्रिशूलीस्थित मैथिल ब्यारेकमा ल्याइँदैछ।
उनलाई भोटेकोशीमा बाढी आएको ११औं दिनमा सुरुङबाट जीवितै उद्धार गरिएको हो।
