udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

भोटेकोशी बाढीमा बेपत्ता कर्मचारीको पहिचानका लागि डीएनए नमूना दिन प्राधिकरणको आग्रह

भोटेकोशी बाढीमा बेपत्ता कर्मचारीको पहिचानका लागि डीएनए नमूना दिन प्राधिकरणको आग्रह
A A+ A-

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि माथिल्लो त्रिशूली जलविद्युत् परियोजनाबाट सम्पर्कविहीन भएका ४७ जना कर्मचारीको पहिचानका लागि नजिकका आफन्तलाई डीएनए परीक्षणका लागि नमूना उपलब्ध गराउन आग्रह गरेको छ ।

प्राधिकरणका अनुसार गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले विभिन्न संरचनामा क्षति पुर्‍याएपछि परियोजनामा कार्यरत कर्मचारीहरूसँग सम्पर्क विच्छेद भएको हो ।

शनिबार विज्ञप्ति जारी गर्दै प्राधिकरणले नेपाली सेना तथा सम्बन्धित निकायसँगको समन्वय र सहयोगमा खोज तथा उद्धार कार्य जारी रहेको जनाएको छ । निरन्तरको प्रयासपछि माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्रको सुरुङ संरचनाबाट दुई जना कर्मचारीको उद्धार गरिएको तथा एक जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ ।

अन्य कर्मचारीहरू भने अझै फेला पर्न सकेका छैनन् । बेपत्ता कर्मचारीको पहिचानका लागि नेपाल प्रहरीले नजिकका आफन्तबाट डीएनए परीक्षणका लागि ताजा रगतको नमूना संकलन गर्न सार्वजनिक सूचना जारी गरेको छ ।

प्राधिकरणले बेपत्ता कर्मचारीका सबैभन्दा नजिकका रगतका नातेदारलाई दुई प्रति पासपोर्ट साइजको फोटोसहित नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

डीएनए परीक्षणका लागि नमूना दिएपछि प्राप्त स्लिप तथा परीक्षणपश्चात् प्राप्त प्रतिवेदनसमेत सम्बन्धित ह्वाट्सएप समूहमा पठाइदिन प्राधिकरणले अनुरोध गरेको छ ।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action