काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ३ हजार एक सय रुपैयाँले घटेर ३ लाख ४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा मूल्य ४० रुपैयाँले घटेर ४ हजार ७ सय २५ रुपैयाँ कारोबार भइरहेको छ। अघिल्लो दिन शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।
