काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने राज्यको दृष्टिकोण थप सकारात्मक र सहकार्यमा आधारित हुनुपर्नेमा जोड दिएका छन्। उनले मुलुकको आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीचको बलियो साझेदारी आवश्यक रहेको उल्लेख गरे।
ढकालले निजी क्षेत्रले भोगिरहेका नीतिगत र प्रक्रियागत समस्याहरूको समाधानका लागि राज्यले सहजीकरण गर्नुपर्ने बताए। उनले अर्थतन्त्रको गति बढाउन र लगानीमैत्री वातावरण निर्माण गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भन्दै राज्यले निजी क्षेत्रलाई विकासको साझेदारका रूपमा लिनुपर्ने धारणा राखे।
अध्यक्ष ढकालका अनुसार निजी क्षेत्रको मनोबल उच्च राख्न सकेमात्र मुलुकमा आर्थिक गतिविधि चलायमान हुनेछ। उनले यसका लागि राज्यले नीति निर्माणको तहमा निजी क्षेत्रसँगको परामर्श र समन्वयलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
