udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

रसुवागढी नाकामा बाढीको विनाश: १० अर्बभन्दा बढीको क्षति

रसुवागढी नाकामा बाढीको विनाश: १० अर्बभन्दा बढीको क्षति
A A+ A-

काठमाडौँ। गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नेपाल र चीन जोड्ने प्रमुख व्यापारिक नाका रसुवागढीमा ठुलो क्षति पुर्‍याएको छ। बाढीले राजमार्गको ठुलो खण्ड बगाउँदा दुई देशबिचको मुख्य स्थलमार्ग विच्छेद भएको छ।

हिमालपार व्यापार संघका अनुसार बाढीले रसुवागढी भन्सार क्षेत्रमा रहेका करिब ४०० देखि ५०० वटा मालवाहक कन्टेनर बगाएको छ। दसैँ र तिहारलाई लक्षित गरी आयात गरिएका लत्ताकपडा, जुत्ताचप्पल, कस्मेटिक, इलेक्ट्रोनिक्स र फलफूल लगायतका सामान नष्ट हुँदा १० अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको व्यवसायीहरूको प्रारम्भिक अनुमान छ। संघका महासचिव रामचन्द्र पराजुलीका अनुसार करिब २०० देखि २५० वटा लोड गरिएका कन्टेनर मात्रै बाढीले बगाएको छ, जसमा ५ देखि ७ अर्ब रुपैयाँ बराबरको सामान रहेको छ। अन्य भौतिक क्षतिसमेत जोड्दा कुल नोक्सानी १० अर्ब नाघेको व्यवसायीहरूको भनाइ छ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका पूर्वअध्यक्ष कुमार कार्कीले भन्सार मूल्यांकनमा १७ करोड ४१ लाख रुपैयाँ बराबरको सामान देखिए पनि यसको वास्तविक बजार मूल्य अर्बौँमा रहेको बताए। बाढीका कारण ७६ जनाभन्दा बढी व्यवसायी प्रत्यक्ष रूपमा पीडित भएका छन्। कतिपय व्यवसायीहरू सम्पर्कविहीन रहेको जानकारीसमेत प्राप्त भएको छ।

व्यवसायीहरू बिमा दाबीमा पनि कठिनाइ भोगिरहेका छन्। सामान नेपाली भन्सार विन्दुमा प्रवेश गर्नुअघि नै चिनियाँ भूमि वा नो म्यान्स ल्यान्डमा बगेकाले बिमा कम्पनीहरूले क्षतिपूर्ति दिन आनाकानी गरिरहेको व्यवसायीहरूको गुनासो छ। धेरै व्यवसायीहरू बैंक ऋण र घरजग्गा धितो राखेर व्यापारमा संलग्न भएकाले थप समस्यामा परेका छन्।

नाका अवरुद्ध हुँदा र सामान नष्ट हुँदा चाडपर्वको समयमा नेपाली बजारमा वस्तुको अभाव र मूल्यवृद्धि हुने निश्चित देखिएको छ। नेपाल व्यापार संघका अध्यक्ष गिरिराज पोखरेलले आपूर्ति व्यवस्था खलबलिँदा र ढुवानी भाडामा तेब्बर वृद्धि हुँदा उपभोक्ताले चाडपर्वमा महँगो मूल्य तिर्नुपर्ने बाध्यता सिर्जना भएको बताए।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action