udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

काठमाडौँमा ग्यासका लागि उपभोक्ताको घण्टौँ लाइन

काठमाडौँमा ग्यासका लागि उपभोक्ताको घण्टौँ लाइन
A A+ A-

काठमाडौँ। काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चुलिएपछि सर्वसाधारण सिलिन्डर लिन घण्टौँसम्म लाइनमा बस्न बाध्य भएका छन्। सिफललगायत उपत्यकाका विभिन्न स्थानमा रहेका ग्यास वितरण केन्द्रमा उपभोक्ताको लामो लाइन देखिएको छ। ग्यासको अभावले विशेष गरी विद्यार्थी, श्रमिक र डेरामा बस्नेहरू बढी मारमा परेका छन्।

सिराहा घर भई काठमाडौँमा स्नातक तह अध्ययन गरिरहेका एक विद्यार्थीले आफू दुई-तीन दिनदेखि ग्यासको लाइनमा बसिरहेको बताए। उनले भने, ‘२-३ दिनदेखि लाइनमा बसेको छु। एक जनालाई एउटा मात्र दिन्छ। साथीको कोठामा खाना बनाउँछु। अब ग्यास नपाए होटलमै खानुपर्ने अवस्था आउँछ, गाह्रो छ।’ उनले १७ गतेपछि मात्र ग्यास आउने र त्यसको भोलिपल्ट वा पर्सिपल्ट वितरण गरिने जानकारी पाएको बताएका छन्।

त्यस्तै, गौशाला-तिलगंगामा बस्ने अस्गर अली शुक्रबार बिहान ७ बजेदेखि नै ग्यासको प्रतीक्षामा छन्। आइतबारसम्म पनि आफ्नो पालो नआएको बताउँदै उनले भने, ‘तीन दिन भयो। आज मेरो पालो आउँदैन, पर्सि आउँछ भनिएको छ। सुगम र एभरेस्ट ग्यास पर्सि आउँछ भनिरहेका छन्।’ अलीले डिलरहरूले नियमित ग्राहक नभएको भन्दै सिलिन्डर दिन आनाकानी गर्ने गरेको गुनासो गरे।

ग्यासको आपूर्ति नियमित नहुँदा उपभोक्ताहरू पटक-पटक डिलर धाउन र लामो समय लाइनमा बस्न बाध्य छन्। यसले गर्दा दैनिक खाना पकाउन समस्या हुनुका साथै बाहिर महँगोमा खानुपर्ने अवस्था सिर्जना भएको छ। उपभोक्ताले ग्यासको आपूर्ति सहज बनाउन, वितरण प्रणालीलाई व्यवस्थित गर्न र सबैका लागि सहज पहुँचको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action