काठमाडौँ। नेपाल मेडिकल कलेज र नेशनल मेडिकल कलेजले बाढीपीडितको सहयोगका लागि ७५ लाख रुपैयाँ प्रदान गरेका छन्। कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारी नेतृत्वको टोलीले सोमबार अर्थ मन्त्रालयमा पुगी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो।
प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। नेपाल मेडिकल कलेजकी निर्देशक डा. नुसरत जहान अन्सारीका अनुसार, यो सहयोग रसुवा, नुवाकोट र धादिङका बाढीपीडित परिवारलाई लक्षित गरी प्रदान गरिएको हो।
विपद्को यस घडीमा प्रभावित नागरिकको साथमा उभिन दुवै मेडिकल कलेजले संयुक्त रूपमा उक्त राहत रकम उपलब्ध गराएका हुन्।
