काठमाडौँ । चीनले नेपालका लागि पठाएको आपतकालीन राहत सामग्रीको चौथो खेप मंगलबार काठमाडौँ आइपुगेको छ। नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले सो सामग्री विज्ञान, प्रविधि तथा नवपर्वतनमन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका छन्।
यस पटकको राहत सामग्रीमा उद्धार होभरक्राफ्टस्, स्टेनलेस स्टिल पर्मानेन्ट म्याग्नेट फ्लड पम्प, स्पेयर ब्याट्री, मर्चरी फ्रिजर र सोलार पावर लाइट लगायतका उपकरणहरू रहेका छन्। रसुवाको भोटेकोसीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएपछि विभिन्न मुलुकहरूले नेपाललाई सहयोग पठाइरहेका छन्।
