udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

इरानमा पेट्रोलको मूल्य दोब्बर

इरानमा पेट्रोलको मूल्य दोब्बर
A A+ A-

तेहरान। आर्थिक सङ्कटको सामना गरिरहेको इरानले अत्यधिक पेट्रोल खपत गर्ने उपभोक्ताका लागि इन्धनको मूल्य दोब्बर बनाएको छ। मङ्गलबारदेखि लागू भएको यो नयाँ दर गत डिसेम्बरपछि गरिएको दोस्रो मूल्यवृद्धि हो। अबदेखि मासिक ११० लिटरको कोटाभन्दा बढी पेट्रोल खरिद गर्ने उपभोक्ताले प्रतिलिटर एक लाख रियाल तिर्नुपर्नेछ।

सरकारले इन्धनको मूल्यवृद्धिको निर्णयबाट प्राप्त हुने अतिरिक्त रकम घरपरिवारलाई उपलब्ध गराइने जनाएको छ। इरानमा पेट्रोलको मूल्य अझै पनि विश्वकै न्यून दरमध्ये रहे पनि कमजोर मुद्रा र घट्दो क्रयशक्तिले सर्वसाधारणमाथि थप आर्थिक दबाब सिर्जना गरेको छ। राज्य तेल वितरण कम्पनीका प्रमुख कार्यकारी केरामत वेस करामीका अनुसार, यो नयाँ मूल्य समायोजनले करिब १५ प्रतिशत उपभोक्तालाई असर गर्नेछ।

सरकारी तथ्याङ्कअनुसार अगस्ट महिनामा पेट्रोलको दैनिक खपत १४ करोड ५० लाख लिटर पुगेको थियो, जबकि घरेलु उत्पादन क्षमता १२ करोड २० लाख लिटर मात्र छ। विशेषज्ञहरूले पुराना सवारीसाधन र कमजोर सार्वजनिक यातायात प्रणालीका कारण इन्धनको खपत उच्च रहेको औँल्याएका छन्। वार्षिक मुद्रास्फीति करिब ६७ प्रतिशत रहेको अवस्थामा पेट्रोलको मूल्यवृद्धिले दैनिक उपभोग्य वस्तुको मूल्यसमेत बढ्ने चिन्ता व्यक्त गरिएको छ।

तेहरानका स्थानीय बासिन्दा हमिद मिर्जेले पेट्रोलको मूल्य बढेपछि सर्वसाधारणको जीवन थप कठिन हुने बताउनुभयो। सन् २०१९ मा गरिएको पेट्रोलको मूल्यवृद्धिले इरानमा व्यापक प्रदर्शन निम्त्याएको थियो। पछिल्लो निर्णयपछि नागरिकहरूले खाद्यान्नलगायतका अत्यावश्यक वस्तुको मूल्य बढ्ने आशङ्का गरेका छन्।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action