काठमाडौं। डेटा सेन्टर स्थानान्तरणका कारण ग्लोबल आईएमई बैंकका केही डिजिटल बैंकिङ सेवाहरू शनिबार रातभर अवरुद्ध हुने भएका छन्।
बैंकले शुक्रबार एक सूचना जारी गर्दै भदौ २७ गते शनिबार राति १० बजेदेखि भदौ २८ गते आइतबार बिहान ६ बजेसम्म सेवा अवरुद्ध रहने जानकारी दिएको हो।
डेटा सेन्टर स्थानान्तरणको प्रक्रियाका क्रममा सेवाहरू अस्थायी रूपमा बन्द रहने बैंकले जनाएको छ। सेवा अवरुद्ध हुँदा ग्राहकलाई पर्न जाने असुविधाप्रति बैंकले क्षमायाचना गरेको छ।
