udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

बाँकेमा नयाँ उद्योग र फर्मबाट दुई हजार आठ सय बढी रोजगारी

बाँकेमा नयाँ उद्योग र फर्मबाट दुई हजार आठ सय बढी रोजगारी
A A+ A-

काठमाडौं। बाँके जिल्लामा गत आर्थिक वर्ष २०८२/८३ मा दर्ता भएका नयाँ घरेलु उद्योग तथा वाणिज्य फर्महरूले दुई हजार आठ सयभन्दा बढी रोजगारी सिर्जना गरेका छन्। जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयका अनुसार यस अवधिमा दर्ता भएका छ सय २७ उद्योग र छ सय २६ वाणिज्य फर्ममार्फत दुई हजार आठ सय ६१ जनाले रोजगारी पाएका हुन्।

कार्यालयका निमित्त प्रमुख उद्योग अधिकृत मोहन घर्तिमगरका अनुसार रोजगारी पाउनेमा एक हजार छ सय ८८ पुरुष र एक हजार एक सय ७३ महिला छन्। सोही अवधिमा छ सय ७३ नयाँ उद्यमी थपिएका छन्, जसमा चार सय ३६ पुरुष र दुई सय ३७ महिला रहेका छन्।

गत आर्थिक वर्षको अन्त्यसम्म बाँकेमा कुल उद्योगको सङ्ख्या १५ हजार आठ सय सात पुगेको छ। यस अवधिमा एक हजार एक सय एक उद्योग नवीकरण भएका छन् भने दुई सय ६५ उद्योग खारेज भएका छन्। वाणिज्यतर्फ छ सय २६ नयाँ फर्म दर्ता भएसँगै कुल दर्ता सङ्ख्या २१ हजार नौ सय ८० पुगेको छ। यस क्षेत्रमा एक हजार छ सय ८८ फर्म नवीकरण र तीन सय ५६ फर्म खारेज भएका छन्।

कार्यालयले व्यावसायिक नियमनका लागि वर्षभरिमा सात पटक बजार अनुगमन र ११ पटक उद्योगको निरीक्षण गरेको जनाएको छ। आर्थिक वर्ष २०८२/८३ मा कार्यालयका लागि तीन करोड तीन लाख ९२ हजार रुपैयाँ बजेट विनियोजन भएकामा दुई करोड २५ लाख १२ हजार नौ सय ५० रुपैयाँ खर्च भएको छ, जुन ७४ दशमलव शून्य आठ प्रतिशत वित्तीय प्रगति हो।

गत वर्ष कुल एक करोड ६३ लाख सात हजार सात सय ९५ रुपैयाँ राजस्व सङ्कलन भएको छ। अघिल्लो आर्थिक वर्षमा एक करोड ९७ लाख ३१ हजार सात सय ८५ रुपैयाँ राजस्व सङ्कलन भएको थियो। राजस्व घट्नुमा नयाँ दर्तामा आएको शिथिलता, स्थानीय तहमा दर्ता प्रक्रियाको सुरुआत, प्रदेश सरकारबाट दिइएको छुट सुविधा र खारेजीमा भएको वृद्धि मुख्य कारण रहेको निमित्त प्रमुख घर्तिमगरले बताए।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action