काठमाडौं। नेपालको डिजिटल व्यापार क्षेत्रमा नयाँ आयाम थप्ने उद्देश्यले स्वदेशी लगानीमा आधारित बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडिल डटकम औपचारिक रूपमा सञ्चालनमा आएको छ।
‘यति सस्तो, यति छिटो’ भन्ने नाराका साथ आएको यस प्लेटफर्मले ग्राहकलाई किफायती मूल्यमा गुणस्तरीय सामग्री उपलब्ध गराउने लक्ष्य राखेको छ।
यतिडिल डटकमले इलेक्ट्रोनिक्स, दैनिक उपभोग्य सामग्री, हार्डवेयर, मेसिनरी, घर सजावट, फार्मेसी, फिटनेस, स्टेशनरी र खेलौनालगायतका विभिन्न उत्पादनहरू एउटै प्लेटफर्ममार्फत बिक्री गर्ने जनाएको छ। स्वदेशी उत्पादन तथा उद्योगलाई प्रवर्द्धन गर्न कम्पनीले विशेष ‘मेड इन नेपाल’ श्रेणीसमेत समावेश गरेको छ।
ग्राहकलाई द्रुत सेवा प्रदान गर्न कम्पनीले आफ्नै लजिस्टिक नेटवर्क र विश्वसनीय डेलिभरी साझेदारहरू परिचालन गर्ने भएको छ।
कम्पनीका अनुसार काठमाडौं उपत्यकाभित्र २४ घण्टा र उपत्यकाबाहिरका प्रमुख स्थानहरूमा ४८ घण्टाभित्र डेलिभरी सेवा उपलब्ध हुनेछ।
