काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोलामा एक हजार सात सय रुपैयाँले बढेर ३ लाख १ हजार ८०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन मंगलबार सुनको मूल्य प्रतितोलामा ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोलामा ८५ रुपैयाँले बढेर ४ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
