Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

भोटेकोशी बाढी: विवरण संकलन गर्न समिति गठन

भोटेकोशी बाढी: विवरण संकलन गर्न समिति गठन
A A+ A-

रसुवा। भोटेकोशी बाढीबाट भएको धनजनको क्षतिको विवरण संकलन गर्न जिल्लामा २५ सदस्यीय तथ्यांक मूल्यांकन समिति गठन भएको छ।

जिल्ला समन्वय अधिकारी राजेन्द्रप्रसाद आचार्यको संयोजकत्वमा समिति गठन गरिएको हो। जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेको अध्यक्षतामा मंगलवार सम्पन्न विपद् व्यवस्थापन समितिको बैठकले बाढीबाट भएको धनजनको प्रारम्भिक क्षतिका विवरण एक महिनाभित्र संकलन गर्न नवगठित मूल्यांकन समितिलाई कार्यादेश दिएको उनले जानकारी दिए।

समितिमा गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक सुधार आयोजना, सहरी विकास तथा भवन निर्माण आयोजना, रसुवा भन्सार कार्यालय, सुरक्षा निकाय, नापी, भूमि प्रशासन, जलविद्युत् आयोजना, नेपाल इन्टरमोडललगायत २५ सरकारी तथा गैरसरकारी संस्था/निकायका प्रमुख प्रतिनिधि सदस्य रहेका छन्। समितिको सदस्यसचिवमा सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारी रहेका छन्।

बाढीका कारण स्याफ्रुबेँसीमा रहेको गोसाइँकुण्ड गाउँपालिकाको भवन बगाएपछि गाउँपालिकाको नियमित कार्यसञ्चालनका लागि रसुवा भूसंरक्षण कार्यालयको खाली भवन प्रयोग गर्ने निर्णयसमेत भएको छ।

त्यसैगरी, बेत्रावतीको खाल्टेमा बाढीले बगाएको उत्तरगया गाउँपालिकाको भवन पुनर्निर्माणका लागि बेत्रावतीमाथि रहेको सामुदायिक वन क्षेत्रभित्र भवन निर्माण गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा अन्य विपद्सम्बन्धी कार्यका लागि निजी कम्पनीका हेलिकप्टर प्रयोग गर्नुपर्ने भएमा सम्बन्धित संघसंस्था वा व्यक्तिले माग गरेअनुसार रसुवा उडानको अनुमति लिन लिखित अनुरोध प्राप्त भए जिल्ला प्रशासन कार्यालयले आवश्यक सहजीकरण गर्ने निर्णय पनि बैठकले गरेको छ।

बाढीले रसुवाका विभिन्न स्थानमा मानवीय तथा भौतिक क्षति पुर्‍याएको थियो। क्षतिको एकिन विवरण संकलन गरी राहत, पुन:स्थापना तथा पुनर्निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाउन तथ्यांक संकलन समितिले काम गर्ने जनाइएको छ।

यस्तै बाढी बगाएका रसुवा, नुवाकोट सिमाना बेत्रावतीको फलाखुखोला, स्याफ्रुबेँसीको भोटेकोसी तथा रोङ्गा खोलामा बेलीब्रिज छिटोभन्दा छिटो जडान गरी सडक एवं पैदलमार्गको सञ्जाल जोडिदिन रसुवा नागरिक समाजले अनुरोध गरेको छ।

2