काठमाडौं। वाणिज्य बैंकहरूले नयाँ महिनाका लागि मुद्दती र बचत खाताको नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।
बजारमा पर्याप्त तरलता र वित्तीय प्रणालीमा कर्जाको माग सुस्त रहेका कारण अधिकांश बैंकहरूले निक्षेपको ब्याजदर घटाउने वा स्थिर राख्ने नीति लिएका छन्।
नबिल र प्रभु बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ४.५५ प्रतिशत ब्याजदर दिने घोषणा गरेका छन्। एनएमबी, सानिमा र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ४.५० प्रतिशतसम्म ब्याजदर तोकेका छन्।
त्यस्तै, नेपाल बैंकले ४.१५ प्रतिशत, एभरेस्ट बैंकले ४.०५ प्रतिशत, तथा राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक र एनआईसी एसिया बैंकले ४ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्। स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३.८० प्रतिशत र कुमारी बैंकले ३.४६ प्रतिशत ब्याजदर तोकेका छन्।
बचत खाताको हकमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र एभरेस्ट बैंकले ३.७५ प्रतिशतसम्म ब्याजदर दिइरहेका छन्। कुमारी बैंकले ३.३१ प्रतिशत र एनआईसी एसिया बैंकले ३.२५ प्रतिशत ब्याज दिने जनाएका छन्।
यसैगरी, प्रभु बैंक र नेपाल बैंकले ३.०० प्रतिशत, नबिल, सानिमा र राष्ट्रिय वाणिज्य बैंकले २.८० प्रतिशत तथा एनएमबी, ग्लोबल आईएमई र स्ट्यान्डर्ड चार्टर्ड बैंकले २.७५ प्रतिशत ब्याजदर तोकेका छन्।
