काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकाका एक हजारभन्दा बढी बिक्री केन्द्रबाट प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री भइरहेको जनाएको छ।
विभागले आज प्रेस विज्ञप्ति जारी गर्दै चिनीको सहज र पर्याप्त आपूर्ति भइरहेको जनाएको हो। साथै, चिनीको अभाव हुने आशंकामा अनावश्यक रूपमा बढी परिमाणमा सञ्चय नगर्न विभागले आम उपभोक्तालाई आग्रह गरेको छ।
चिनीको मूल्य बढेको भन्दै उपभोक्ताबाट गुनासो बढेपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले मंगलबार सम्बन्धित सरोकारवालासँग छलफल गरेका थिए।
