काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ।
समितिका अनुसार आज बजारमा च्याउ, गोलभेँडा र प्याजको मूल्यमा केही गिरावट आएको छ भने करेला र मुलाको मूल्यमा वृद्धि भएको छ।
आजको मूल्यसूची अनुसार ठूलो नेपाली गोलभेँडा र भारतीय ठूलो गोलभेँडाको औसत मूल्य प्रतिकिलो ७५ रुपैयाँ कायम गरिएको छ। त्यस्तै, भारतीय सुकेको प्याजको मूल्य ८९ रुपैयाँ ५० पैसा र लोकल सानो गोलभेँडाको मूल्य ३७ रुपैयाँ ५० पैसा रहेको छ।
यता, करेलाको औसत मूल्य ७५ रुपैयाँ र हाइब्रिड मुलाको मूल्य ५५ रुपैयाँ पुगेको छ। समितिका अनुसार अधिकांश तरकारीको मूल्य भने स्थिर रहेको छ। बजारमा कन्य च्याउको औसत मूल्य प्रतिकिलो १९६ रुपैयाँ ६७ पैसा र डल्ले च्याउको ४७५ रुपैयाँ तोकिएको छ।
समितिले सार्वजनिक गरेको विवरण अनुसार अन्य तरकारीहरूमा लोकल गाँजर ११० रुपैयाँ, स्थानीय काउली ११० रुपैयाँ, तनेबोडी ६५ रुपैयाँ, घिउ सिमी ८५ रुपैयाँ र भिन्डी ५५ रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहेका छन्।
