udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

तीन दिनपछि खुल्यो बेंसीसहर–चामे सडक

तीन दिनपछि खुल्यो बेंसीसहर–चामे सडक
तस्बिरः नवीन लामिछाने/रासस
A A+ A-

लमजुङ। पहिरोले बुधबार बिहानदेखि अवरुद्ध बनाएको बेंसीसहर–चामे सडक तीन दिनपछि सञ्चालनमा आएको छ।

यस सडकअन्तर्गत मनाङको नासों गाउँपालिका–३ खोत्रेमा गएको पहिरो नेपाली सेनाले बम विस्फोट गराएर ढुङ्गा तथा पहिरो हटाएसँगै आज बिहानदेखि सडक सञ्चालनमा आएको डुम्रे–बेंसीसहर–चामे सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिए।

उनका अनुसार खोत्रेमा पहिरोसँगै ठूलाठूला ढुङ्गा खसेका थिए। तीमध्ये एउटा ढुङ्गा निकै ठूलो थियो। सडक अवरुद्ध भएपछि उक्त ढुङ्गा हटाउन बिहीबार पनि बम विस्फोट गराइएको थियो। पहिलो पटकको विस्फोटबाट ढुङ्गा पूर्णरूपमा नफुटेपछि आज पुनः विस्फोट गराई ढुङ्गा फुटाएर पहिरो पन्छाइएको उनले बताए।

सडक खुलेसँगै साना सवारीसाधन सञ्चालनमा आएका छन्। सडक सञ्चालनमा आएपछि मनाङतर्फ आवतजावत गर्ने यात्रुलाई सहज भएको छ। ठूला सवारीसाधन सञ्चालनमा ल्याउन भने अझै केही समय लाग्ने सूचना अधिकारी विष्टले बताए।

करिब ६५ किलोमिटर लामो बेंसीसहर–चामे सडक मनाङलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने मुख्य मार्ग हो। मनाङवासीको आवतजावतसँगै दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्रीको ढुवानी र पर्यटकीय आवागमनका लागि यो सडक महत्वपूर्ण मानिन्छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action