udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

अलिको डांगोटे: अफ्रिकालाई आयात निर्भरताबाट औद्योगिक आत्मनिर्भरतातर्फ लैजाने उद्यमी

अलिको डांगोटे: अफ्रिकालाई आयात निर्भरताबाट औद्योगिक आत्मनिर्भरतातर्फ लैजाने उद्यमी
A A+ A-

काठमाडौं। अफ्रिकाका औद्योगिक विकासका अगुवा अलिको डाङ्गोटेले महादेशलाई आयात निर्भरताबाट औद्योगिक आत्मनिर्भरतातर्फ लैजाने प्रयास गरिरहेका छन्।

डाङ्गोटे ग्रुपका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत डाङ्गोटेले खाद्यान्न, सिमेन्ट, मलखाददेखि तेल प्रशोधनसम्मका क्षेत्रमा ठुलो औद्योगिक साम्राज्य निर्माण गरेका छन्। उनको व्यावसायिक यात्राको मुख्य उद्देश्य अफ्रिकाको आयात निर्भरता घटाउनु र आफ्नै महादेशमा वस्तु उत्पादन गर्ने क्षमता विस्तार गर्नु हो।

डाङ्गोटेको व्यावसायिक यात्रा बाल्यकालमै सुरु भएको थियो। सुरुमा थोकमा मिठाइ किनेर नाफामा बेच्ने गरेका उनले पछि अरूका सामान किनेर बेचिरहनुको सट्टा आफैँले उत्पादन गर्ने सोच बनाए। करिब दुई दशक व्यापारमा बिताएपछि डाङ्गोटे समूहको रणनीति व्यापारबाट उत्पादन र औद्योगिकीकरणतर्फ मोडियो। यसले उनको व्यवसायलाई ठुलो औद्योगिक समूहमा रूपान्तरण गर्यो।

अफ्रिकाका धेरै देशले कमजोर विद्युत् प्रणाली, सीमित पूर्वाधार र लगानीको अभावजस्ता समस्यासँग सङ्घर्ष गरिरहेका छन्। अफ्रिकाको कुल आर्थिक उत्पादनमा निर्माण क्षेत्रको हिस्सा करिब १२ प्रतिशतमात्र छ। यस्तो अवस्थामा डाङ्गोटे समूहले राष्ट्रिय विद्युत् प्रणालीमा मात्र भर नपरी आफ्ना कारखानाका लागि आफैँ विद्युत् उत्पादन गर्ने रणनीति अपनाएको छ। यो रणनीतिले कारखानालाई निरन्तर सञ्चालन गर्न र बाह्य प्रणालीमा निर्भरता घटाउन सहयोग गरेको छ।

सिमेन्ट, खाद्यान्न र पेट्रोलियम प्रशोधनजस्ता क्षेत्रमा घरेलु उत्पादन बढ्दा आयातमा खर्च हुने विदेशी मुद्रा जोगिने र रोजगारी सिर्जना हुने विश्वास गरिन्छ। डाङ्गोटेको यात्राले अफ्रिकामा उद्यमशीलताको स्वरूपलाई व्यापारबाट उत्पादन क्षमता निर्माणतर्फ मोडेको छ। यद्यपि, अफ्रिकी औद्योगिकीकरणका लागि विश्वसनीय विद्युत्, यातायात, दक्ष जनशक्ति र स्थिर नीति आवश्यक रहेको विज्ञहरू बताउँछन्।

नाइजेरियाको लागोसका १२ वर्षीय ओलुमिदेजस्ता युवाहरूका लागि डाङ्गोटे प्रेरणाका स्रोत बनेका छन्। ओलुमिदे भन्छन्, ‘म स्यामुएल एटोजस्तै फुटबलर वा अलिको डाङ्गोटेजस्तै सिमेन्ट उत्पादक बन्न चाहन्छु।’ यो भनाइले अफ्रिकाको नयाँ पुस्ता सफलताको अर्थलाई व्यापारबाट उत्पादन र आफ्नै महादेशको आर्थिक क्षमतातर्फ जोड्न थालेको सङ्केत गर्छ। डाङ्गोटेको दशकौँ लामो यात्राको केन्द्रमा रहेको प्रश्न अझै उस्तै छ-अफ्रिकाले आफूलाई चाहिने वस्तु कहिलेसम्म बाहिरबाट आयात गर्ने र आफैँ उत्पादन गर्ने क्षमता कतिसम्म विस्तार गर्न सक्ने?

2

Einen Blick wert — crypto casino für spannende Casino-Action