udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सिंगापुर एयरलाइन्स विश्वको उत्कृष्ट एयरलाइन्स घोषित

सिंगापुर एयरलाइन्स विश्वको उत्कृष्ट एयरलाइन्स घोषित
A A+ A-

काठमाडौं। सिंगापुर एयरलाइन्स सन् २०२६ को विश्वकै उत्कृष्ट एयरलाइन्स बनेको छ।

बेलायतस्थित उड्डयन परामर्शदाता स्काईट्र्याक्सले लन्डनमा आयोजना गरेको ‘वर्ल्ड एयरलाइन अवार्ड्स’ मा सिंगापुर एयरलाइन्सले यो उपाधि जितेको हो। स्काईट्र्याक्स अवार्डको २५ वर्षे इतिहासमा सिंगापुर एयरलाइन्सले छैटौं पटक यो शीर्ष पुरस्कार हात पारेको छ।

गत वर्षको विजेता कतार एयरवेजलाई पछि पार्दै सिंगापुर एयरलाइन्स पुनः शीर्ष स्थानमा उक्लिएको हो। यस वर्षको वरीयतामा कतार एयरवेज दोस्रो, क्याथे प्यासिफिक एयरवेज तेस्रो, जापानको अल निप्पोन एयरवेज चौथो, टर्किस एयरलाइन्स पाँचौं र एमिरेट्स छैटौं स्थानमा रहेका छन्। सिंगापुर एयरलाइन्सले मुख्य पुरस्कारका साथै उत्कृष्ट इकोनोमी क्लास र इकोनोमी क्लास खानाका लागि पनि सम्मान पाएको छ।

सिंगापुर एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत गोह चुन फोङले यो पुरस्कार आफ्ना कर्मचारीको समर्पण र व्यावसायिकताको प्रमाण भएको बताएका छन्। स्काईट्र्याक्सले विश्वभरका यात्रुको सन्तुष्टिसम्बन्धी सर्वेक्षणका आधारमा यी पुरस्कार प्रदान गरेको हो। यस वर्षको शीर्ष २० सूचीमा एसियाली एयरलाइन्सको उपस्थिति बलियो देखिएको छ।

अन्य विधामा एयर फ्रान्सले उत्कृष्ट फर्स्ट क्लास, इभा एयरले उत्कृष्ट प्रिमियम इकोनोमी र एयरएशियाले उत्कृष्ट बजेट एयरलाइन्सको उपाधि जितेका छन्। क्षेत्रगत रूपमा बैंकक एयरवेज एसिया, इथियोपियन एयरलाइन्स अफ्रिका, ल्याटम दक्षिण अमेरिका, टर्किस एयरलाइन्स युरोप र एयर क्यानडा उत्तर अमेरिकाको उत्कृष्ट एयरलाइन्स घोषित भएका छन्।

स्काईट्र्याक्सको शीर्ष २० सूचीमा हाइनान एयरलाइन्स, जापान एयरलाइन्स, कोरियन एयर, इभा एयर, क्वान्टास एयरवेज, स्टार्लक्स एयरलाइन्स, लुफ्थान्सा, साउदी अरेबियन एयरलाइन्स, आइबेरिया, एयर क्यानडा, भर्जिन एटलान्टिक, स्विस इन्टरनेशनल एयर लाइन्स र थाई एयरवेज रहेका छन्।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action