काठमाडौं। नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका आज सुनको मूल्य प्रतितोलामा २ हजार १०० रुपैयाँले बढेर ३ लाख ५ हजार २०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका आज चाँदीको मूल्य प्रतितोलामा २० रुपैयाँ बढेर ४ हजार ७ सय ९५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन शुक्रबार चाँदीको मूल्य प्रतितोला शुक्रबार प्रतितोला ४ हजार ७ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।
