udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

इरानसँगको युद्धमा अमेरिकी सैन्य खर्च ४३ अर्ब ६० करोड डलर पुग्यो

इरानसँगको युद्धमा अमेरिकी सैन्य खर्च ४३ अर्ब ६० करोड डलर पुग्यो
A A+ A-

काठमाडौं। इरानसँग जारी सैन्य द्वन्द्वमा अमेरिकाको खर्च ४३ अर्ब ६० करोड अमेरिकी डलर पुगेको छ। अमेरिकी सेन्ट्रल कमान्डले सांसदहरूलाई उपलब्ध गराएको पछिल्लो प्रतिवेदनअनुसार सेप्टेम्बर ३ सम्ममा उक्त रकम खर्च भइसकेको हो। फेब्रुअरी २८ मा सैन्य कारबाही सुरु भएयता युद्धको आर्थिक भार निरन्तर बढ्दै गएको छ।

कुल खर्चमध्ये हतियार र क्षेप्यास्त्रमा मात्र २८ अर्ब १० करोड डलर खर्च भएको छ। अगस्ट १ सम्मको अनुमानमा यो खर्च २१ अर्ब ७० करोड डलर थियो, जसले गर्दा केही सातामै हतियारमा ६ अर्ब ४० करोड डलर थपिएको छ। विशेषगरी प्याट्रियट र थाड जस्ता प्रतिरक्षात्मक क्षेप्यास्त्रको माग बढेकाले अमेरिकी भण्डारमा दबाब परेको छ।

अमेरिकी रक्षा मन्त्रालयको तथ्यांकअनुसार द्वन्द्वमा हालसम्म १८ अमेरिकी सैनिकको मृत्यु भएको छ भने ८३० भन्दा बढी घाइते भएका छन्। कुवेत, बहराइन, कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब, इराक, ओमान र जोर्डनमा रहेका अमेरिकी सैन्य अखडाका सयौँ संरचनाहरू इरानी आक्रमणबाट क्षतिग्रस्त भएका छन्। यद्यपि, यी संरचनाको क्षतिको पूर्ण लागत ४३ अर्ब ६० करोड डलरको पछिल्लो अनुमानमा समावेश गरिएको छैन।

अमेरिकी कंग्रेसनल बजेट कार्यालयका अनुसार युद्धको तीव्रता कायम रहेमा हरेक महिना थप ३ अर्ब डलर वा सोभन्दा बढी खर्च हुन सक्छ। बढ्दो आर्थिक भारलाई सम्बोधन गर्न अमेरिकी प्रशासनले ९५ अर्ब डलरको थप बजेट प्याकेजका लागि संसद्‌सँग अनुरोध गरेको छ। साथै, आगामी वर्षका लागि १.५ ट्रिलियन डलरको सैन्य बजेट प्रस्ताव गरिएको छ।

युद्धको असर केवल सैन्य खर्चमा मात्र सीमित छैन। होर्मुज जलडमरूमध्य र लाल सागरमा ऊर्जा ढुवानीमा आएको अवरोधले विश्वव्यापी अर्थतन्त्र र अमेरिकी मुद्रास्फीतिमा समेत प्रभाव पार्न सक्ने चेतावनी दिइएको छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action