udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

विद्युत् महसुलमा लगाइएको भ्याट फिर्ता गर्ने सरकारको तयारी

विद्युत् महसुलमा लगाइएको भ्याट फिर्ता गर्ने सरकारको तयारी
A A+ A-

काठमाडौं। सरकारले विद्युत् महसुलमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता गर्ने निर्णय गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त कर फिर्ता गर्न सहमति जनाएका हुन्।

स्रोतका अनुसार आइतबार बेलुका दुई मन्त्रीबीच भएको छलफलमा भ्याट फिर्ता गर्ने विषयमा सहमति जुटेको हो। अर्थमन्त्री वाग्लेले आगामी मन्त्रिपरिषद्को बैठकमा यससम्बन्धी प्रस्ताव लैजाने प्रतिबद्धता जनाएका छन्।

अर्थमन्त्री वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युत् महसुलमा ५ देखि १३ प्रतिशतसम्म भ्याट लगाउने व्यवस्था गरेका थिए। जसमा घरायसी प्रयोजनका लागि ५ प्रतिशत र औद्योगिक प्रयोगका लागि १३ प्रतिशत भ्याट तोकिएको थियो। उक्त निर्णयको चौतर्फी आलोचना हुँदै आएको थियो।

ऊर्जा मन्त्रालयले विद्युत् खपत बढाउने नीति लिएको भन्दै भ्याटले उपभोक्तालाई थप आर्थिक भार पारेको जनाएको छ। मन्त्रालयले सर्वसाधारणलाई थप आर्थिक भार पार्न नहुने स्पष्ट पारेको छ। अर्थमन्त्री वाग्लेले यसअघि नै शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशतको समता शुल्क फिर्ता गरिसकेका छन्।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action