udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख
A A+ A-

काठमाडौं। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले विश्व अर्थतन्त्रले विभिन्न चुनौतीका बाबजुद लचिलोपन देखाए पनि आगामी दिनमा महत्वपूर्ण जोखिमहरू कायमै रहने बताएकी छिन्।

आइतबार न्युयोर्कमा आयोजित कतार इकोनोमिक फोरममा बोल्दै जर्जिएभाले उच्च मुद्रास्फीति, बढ्दो ऋण लागत र कृत्रिम बुद्धिमत्ता (एआई) मा भइरहेको तीव्र लगानीलाई विश्व अर्थतन्त्रका प्रमुख चुनौतीका रूपमा औंल्याइन्।

जर्जिएभाका अनुसार विश्वका धेरै मुलुकमा मुद्रास्फीति अपेक्षाअनुसार घट्न सकेको छैन। उनले मूल्य स्थिरता कायम गर्न केही केन्द्रीय बैंकहरूले मौद्रिक नीति थप कडा बनाउनुपर्ने अवस्था आउन सक्ने बताइन्। उनले सरकारहरूलाई वित्तीय अनुशासन कायम गर्न आग्रह गर्दै ऋणको बढ्दो लागतप्रति सचेत रहन आग्रह गरिन्।

एआई क्षेत्रमा भइरहेको उच्च लगानीबारे सावधानी अपनाउनुपर्नेमा उनले जोड दिइन्। ऋणमा आधारित लगानी र वित्तीय कारोबारको बढ्दो अन्तरसम्बन्धले जोखिम निम्त्याउन सक्ने उनको भनाइ छ। एआईबाट अपेक्षित प्रतिफल प्राप्त नभए त्यसको असर विश्वव्यापी वित्तीय प्रणालीसम्म पुग्न सक्ने उनले चेतावनी दिइन्। यद्यपि, ऊर्जा संकट र अन्य आर्थिक झट्काका बीच विश्व अर्थतन्त्रमा करिब ३ प्रतिशतको आर्थिक वृद्धि कायम रहनुलाई उनले सकारात्मक उपलब्धि मानेकी छिन्।

विश्व अर्थतन्त्र विभाजित हुँदै गएको चर्चा भए पनि व्यापार, लगानी र आपूर्ति शृंखलाका कारण मुलुकहरू अझै एकअर्कासँग गहिरोसँग जोडिएको उनले बताइन्। “विश्व थप विभाजित भएको चर्चा भइरहेको छ। वास्तवमै विश्व पहिलेभन्दा कम एकीकृत भएको छ। तर पनि हामी एकअर्कामा निर्भर छौँ र सहकार्य गरिरहेका छौँ,” उनले भनिन्।

आईएमएफले आगामी अक्टोबरमा नयाँ आर्थिक प्रक्षेपण सार्वजनिक गर्ने तयारी गरेको छ जसमा विद्यमान जोखिम र अनिश्चिततालाई समेटिनेछ। जर्जिएभाले जोखिम उच्च रहेको र अनिश्चितता नै नयाँ सामान्य अवस्था बनेको भन्दै सतर्क रहन आग्रह गरिन्।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action