udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

प्रभु बैंकद्वारा प्रवासी नेपालीका लागि घर कर्जा योजना सार्वजनिक

प्रभु बैंकद्वारा प्रवासी नेपालीका लागि घर कर्जा योजना सार्वजनिक
A A+ A-

काठमाडौं। प्रभु बैंक लिमिटेडले विदेशमा कार्यरत तथा बसोबास गरिरहेका नेपाली नागरिकलाई लक्षित गर्दै ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना २०८३/८४’ सार्वजनिक गरेको छ। यस योजनामार्फत बैंकले प्रवासी नेपालीहरूलाई घर तथा जग्गा खरिद, घर निर्माण र मर्मतका लागि सहज वित्तीय सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ।

यस योजना अन्तर्गत ग्राहकले अधिकतम ३ करोड रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन्। कर्जाको भुक्तानी अवधि अधिकतम २५ वर्षसम्म कायम गरिएको छ। बैंकका अनुसार यसमा सेवा शुल्क ०.५० प्रतिशत रहनेछ भने ब्याजदर औसत आधार दरमा थप ०.५० प्रतिशत प्रतिवर्ष कायम गरिएको छ। यो सुविधा बैंकका देशभरका ३०० वटा शाखामार्फत लिन सकिनेछ।

घर कर्जाका अतिरिक्त बैंकले शैक्षिक कर्जाको सुविधा पनि ल्याएको छ। यस अन्तर्गत बढीमा दुई जना सन्तानका लागि स्वदेश वा विदेशमा अध्ययन गर्न औसत आधार दरमा थप १.५ प्रतिशत प्रतिवर्ष ब्याजदरमा कर्जा उपलब्ध हुनेछ। साथै, शैक्षिक कर्जाको प्रशासनिक शुल्कमा ५० प्रतिशत छुट र पहिलो वर्ष डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा निःशुल्क उपलब्ध गराइनेछ।

बैंकले विदेशबाट प्राप्त विप्रेषणलाई औपचारिक बैंकिङ प्रणालीमार्फत परिचालन गरी प्रवासी नेपालीको दीर्घकालीन वित्तीय आवश्यकता पूरा गर्ने उद्देश्य लिएको छ। यस योजनाले निक्षेप अभिवृद्धि, उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह र ग्राहकसँगको सम्बन्ध विस्तारमा सहयोग पुग्ने बैंकको विश्वास छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action