udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

नेप्सेमा बारम्बारको प्राविधिक समस्या: ४५ खर्बको बजार असुरक्षित

नेप्सेमा बारम्बारको प्राविधिक समस्या: ४५ खर्बको बजार असुरक्षित
A A+ A-

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा प्राविधिक समस्याका कारण कारोबार बन्द हुने घटनाले पुँजीबजारको सुरक्षा र पूर्वाधारमा गम्भीर प्रश्न उठाएको छ। ४५ खर्ब रुपैयाँ बराबरको बजार पुँजीकरण भएको नेप्सेमा देखिएको यस्तो समस्याले लाखौँ लगानीकर्ताको सम्पत्ति र आर्थिक योजनालाई जोखिममा पारेको छ।

नेप्सेले प्राविधिक कारण देखाउँदै कारोबार रोकेको यो पहिलो घटना होइन। सार्वजनिक अभिलेख अनुसार यो कम्तीमा पाँचौँ ठूलो प्रणालीगत अवरोध हो। यसअघि सन् २०२० र २०२२ मा पनि डाटा सेन्टर र म्याचिङ सिस्टममा समस्या आउँदा कारोबार प्रभावित भएको थियो। पटक-पटकका यस्ता घटनाले बजारसँग भरपर्दो विकल्प वा ‘डिजास्टर रिकभरी’ योजना नभएको प्रस्ट पारेको छ।

विशेषज्ञहरूका अनुसार नेप्सेको समस्या केवल एउटा सर्भर वा टोलीको मात्र नभई संस्थागत लापरबाही हो। नेप्सेले प्रयोग गर्ने म्याचिङ इन्जिनको सोर्स कोड, प्राविधिक कागजात र नियन्त्रण पूर्णरूपमा आफ्नै मातहतमा राख्नुपर्ने आवश्यकता छ। निजी भेन्डरमा निर्भर रहँदा प्रणाली नै बन्धक बन्ने जोखिम रहन्छ।

नेपाललाई सुरक्षित, विस्तार गर्न मिल्ने र जुनसुकै अवस्थामा पनि निरन्तर चल्ने आधुनिक संरचना चाहिएको छ। प्राइमरी डाटा सेन्टर र डिजास्टर रिकभरी साइट फरक भौगोलिक क्षेत्रमा हुनुपर्छ ताकि बाढी, आगलागी वा साइबर आक्रमणजस्ता विपत्तिमा पनि कारोबार नरोकिओस्।

सरकार, अर्थ मन्त्रालय र धितोपत्र बोर्डले अब स्पष्टीकरणमा मात्र सीमित नभई स्वतन्त्र प्राविधिक तथा साइबर फरेन्सिक अडिट गराउनुपर्छ। बजार बन्द गर्नु समाधान होइन, बरु बलियो पूर्वाधार निर्माण गर्नु आजको आवश्यकता हो। लगानीकर्ताको विश्वास जोगाउन नेप्सेले सोर्स कोडमाथिको नियन्त्रण, नियमित सुरक्षा परीक्षण र सार्वजनिक जवाफदेहिता सुनिश्चित गर्नुपर्छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action