udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

आइतबारसम्म वर्षा, सोमबारदेखि मौसममा सुधार आउने

आइतबारसम्म वर्षा, सोमबारदेखि मौसममा सुधार आउने
A A+ A-

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा आइतबारसम्म वर्षा जारी रहने र सोमबारदेखि मौसममा क्रमिक सुधार आउने जनाएको छ।

महाशाखाका अनुसार शनिबार देशभर अधिकांश बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू-भागका धेरै स्थानमा पनि वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

शनिबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। कोशी र बागमतीका एक-दुई स्थानमा भारी वर्षा हुन सक्नेछ। शनिबार राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ।

आइतबार पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। ती प्रदेशका थोरै स्थानमा भारी वर्षा हुन सक्नेछ भने बागमतीका एक-दुई स्थानमा समेत भारी वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका तराई भू-भागका थोरै स्थानमा हावाहुरी चल्न सक्नेछ।

सोमबारदेखि भने वर्षाको मात्रा घट्ने देखिएको छ। देशभर आंशिक बदली रहने तथा हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

सोमबार राति तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। महाशाखाले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयको जोखिम रहने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। वर्षाका कारण सडक तथा हवाई यातायात, कृषि र पर्यटन क्षेत्रमा असर पर्न सक्ने भएकाले पछिल्लो सूचनामा ध्यान दिन अनुरोध गरिएको छ।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action