Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

अर्थतन्त्र चलायमान नहुँदा निजी क्षेत्र निराश : चेम्बर अध्यक्ष अग्रवाल

अर्थतन्त्र चलायमान नहुँदा निजी क्षेत्र निराश : चेम्बर अध्यक्ष अग्रवाल
A A+ A-

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले देशको अर्थतन्त्र चलायमान हुन नसक्दा निजी क्षेत्र निराश बनेको बताएका छन्।

रूपन्देही व्यापार संघको २५औँ वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै उनले आर्थिक गतिविधि विस्तार नहुँदा उद्योगी-व्यवसायीको मनोबल कमजोर भएको र निजी क्षेत्रले विभिन्न चुनौतीको सामना गरिरहेको उल्लेख गरे।

वर्तमान सरकारप्रति निजी क्षेत्रको ठूलो अपेक्षा रहेको भए पनि अर्थतन्त्रलाई चलायमान बनाउने काम हुन नसकेको अग्रवालको भनाइ छ।

उनले भने, ‘सरकारले ल्याएको नीति कार्यक्रम र बजेटले निजी क्षेत्र निकै उत्साहित भएको थियो, सरकार गठन भएको ६ महिना पुग्यो तर, सरकारले व्यवसायी मैत्री वातावरण बनाउन नसक्दा मुलुकमा आर्थिक गतिविधि बढ्न सकेन। अहिले उद्योगी व्यवसायी पर्ख र हेरको अवस्थामा पुगेका छन्।’

बैंकको ब्याजदर घटे पनि सरकारी नीति र कर प्रणालीमा भइरहने परिवर्तनका कारण लगानीको वातावरण नबनेको उनले बताए। बैंकहरूमा झण्डै १५ खर्ब रुपैयाँ थुप्रिएर बसेको उल्लेख गर्दै उनले ब्याजदर सिंगल डिजिटमा झरे पनि निजी क्षेत्र नयाँ परियोजनामा लगानी गर्न तयार नरहेको जानकारी दिए।

अर्थतन्त्रमा देखिएका समस्याहरू सरकारको नीतिगत कारणले सिर्जना भएको उनको दाबी छ। विगतका नियन्त्रणमुखी नीतिहरू परिवर्तन गर्न नसक्दा समस्या थपिएको उनले बताए।

‘सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी छ, उद्योगी व्यवसायीसँग सम्बन्धित धेरै कानून संशोधन गरी व्यवसायीको मनोबल बढाउन जरुरी छ,’ उनले भने। आर्थिक मन्दीबाट छिटो उन्मुक्ति पाए मात्रै स्टार्टअप र औद्योगिक क्षेत्रमा सुधार हुने उनको भनाइ छ। रासस

2