Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

नेपालको अर्थतन्त्र ६० वर्षदेखि दुई अंकले बढ्न सकेन : बाबुराम भट्टराई

नेपालको अर्थतन्त्र ६० वर्षदेखि दुई अंकले बढ्न सकेन : बाबुराम भट्टराई
A A+ A-

काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको अर्थतन्त्र विगत ६० वर्षदेखि एक वर्ष पनि दुई अंकको दरले वृद्धि हुन नसकेको बताएका छन्। नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले नेपाल विकासको गतिमा पछि परेको भन्दै चिन्ता व्यक्त गरे।

डा. भट्टराईले सिंगापुर, कोरिया र चीनजस्ता मुलुकहरूले दुईदेखि तीन वर्षको अवधिमा निरन्तर दुई अंकको आर्थिक वृद्धि हासिल गर्दै कृषि अर्थतन्त्रलाई औद्योगिक अर्थतन्त्रमा रूपान्तरण गरेको उदाहरण प्रस्तुत गरे। उनले नेपालमा राजनीतिक स्वार्थ र स्पष्ट कार्ययोजनाको अभावका कारण विकास हुन नसकेको तर्क गरे।

उनले भने, ‘हाम्रो अर्थतन्त्र विगत ६० वर्षदेखि एक वर्ष पनि दुई अंक (१० प्रतिशतभन्दा माथि) ले बढेको छैन।’

पूर्वप्रधानमन्त्री भट्टराईले हाल नेपालमा बेरोजगारी समस्या गम्भीर रहेको र रोजगारीको खोजीमा युवाहरू विदेशिन बाध्य भएको बताए। उनले ९० देखि ९५ प्रतिशत घरपरिवारका कुनै न कुनै सदस्य शिक्षा वा श्रमका लागि विदेशिएको उल्लेख गरे। उनले देशमा राजनीतिक परिवर्तन भए पनि वास्तविक विकास र सुशासनका लागि आवश्यक स्पष्ट नीति तथा रणनीतिको अभाव रहेको औँल्याए।

2