Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

नेपालगन्जमा चाडपर्व लक्षित सहुलियत दरमा चामल बिक्री

नेपालगन्जमा चाडपर्व लक्षित सहुलियत दरमा चामल बिक्री
A A+ A-

नेपालगन्ज। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगन्जस्थित मुख्य शाखाले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी सहुलियत दरमा चामल बिक्री सुरु गरेको छ। कम्पनीले सबै प्रकारका चामलमा प्रतिक्विन्टल पाँच सय रुपैयाँ छुट दिएको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका सूचना अधिकारी शिवराज घिमिरेका अनुसार चाडपर्व अवधिभर एक सय क्विन्टल चामल बिक्री गर्ने लक्ष्य राखिएको छ। बिक्री केन्द्रबाट अरुवा मोटा, अरुवा मध्यम, मध्यम सिल्की, स्टिम मसिनो जिरा र स्टिम जिरा फोर्टिफाइड चामल उपलब्ध गराइएको छ।

शुक्रबारसम्मको तथ्यांक अनुसार स्टिम जिरा मसिनो चामल ६४ दशमलव ५० क्विन्टल, अरुवा मध्यम चार दशमलव ७५ क्विन्टल, मध्यम सिल्की चामल एक दशमलव ५० क्विन्टल, स्टिम जिरा फोर्टिफाइड चामल पाँच क्विन्टल र अरुवा मोटा चामल ५० किलो बिक्री भइसकेको छ।

सहुलियत दरमा बिक्री गरिएका चामलको मूल्य प्रतिक्विन्टल यस प्रकार छ: अरुवा मोटा चामल पाँच हजार ६०० रुपैयाँ, अरुवा मध्यम चामल पाँच हजार ८०० रुपैयाँ, मध्यम सिल्की चामल पाँच हजार ९०० रुपैयाँ र स्टिम जिरा मसिनो तथा स्टिम जिरा फोर्टिफाइड चामल आठ हजार ५०० रुपैयाँ।

सीमावर्ती भारतीय बजार रुपैडिहाबाट चामल आयातमा भन्सार कार्यालयले कडाइ गरेपछि स्थानीय उपभोक्ता खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बिक्री केन्द्रतर्फ आकर्षित भएका छन्। बजार मूल्यभन्दा कम दरमा चामल पाउँदा उपभोक्ताले राहत महसुस गरेका छन्।

2