काठमाडौं। नेपालीहरूको मुख्य चाडपर्वको अवसरमा भाटभटेनी सुपरमार्केट र टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ग्राहकका लागि विशेष योजना सार्वजनिक गरेका छन्। यस योजनाअन्तर्गत ग्राहकले दुईवटा टाटा पन्च ईभी जित्ने अवसर प्राप्त गर्न सक्नेछन्।
भाटभटेनीका देशभर रहेका कुनै पनि स्टोरबाट एकपटकमा रु २,५०० भन्दा बढीको सामान खरिद गर्ने ग्राहक लक्की ड्रमा सहभागी हुन पाउनेछन्। खरिद बिलका आधारमा दर्ता हुने ग्राहकहरूमध्येबाट लक्की ड्रमार्फत एक जना भाग्यशाली विजेता छनोट गरी टाटा पन्च ईभी प्रदान गरिनेछ। यसका साथै, भाटभटेनीमा सामान खरिद गरी नेपाल पेमार्फत क्यूआर कोडबाट भुक्तानी गर्ने अर्का एक ग्राहकले पनि लक्की ड्रमार्फत अर्को टाटा पन्च ईभी जित्न सक्ने कम्पनीले जनाएको छ।
टाटा पन्च ईभी आधुनिक ‘एक्टिभ.ईभी’ प्लेटफर्ममा आधारित छ। यसमा ३२ किलोवाट घण्टा र ४० किलोवाट घण्टाका दुई ब्याट्री विकल्प उपलब्ध छन्। कम्पनीका अनुसार एकपटकको फुल चार्जमा यो गाडीले ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज दिन्छ। यस गाडीमा १९५ एमएमको ग्राउन्ड क्लियरेन्स, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेसजस्ता विशेषताहरू रहेका छन्। साथै, यसले बीएनसीएपी ५-स्टार सुरक्षा रेटिङ प्राप्त गरेको छ।
टाटा मोटर्सले नेपालमा रहेका आफ्ना २० वटा शोरुमका अतिरिक्त अब देशभरका २८ वटा भाटभटेनी स्टोरबाट पनि टाटा कारसम्बन्धी जानकारी लिन सकिने व्यवस्था गरेको छ। चाडपर्वको समयमा भाटभटेनीमा सपिङ गर्ने टाटा कारका ग्राहकहरूका लागि थप उपहारको व्यवस्था पनि रहेको कम्पनीले जनाएको छ।
